यातायात व्यवसायीले भोली देखी गर्ने भनेको बन्द फिर्ता

यातायात व्यवसायीले भोली देखी गर्ने भनेको बन्द फिर्ता

परिबर्तन न्युज
२१ श्रावण २०७९ बजे
परिबर्तन न्युज
२१ श्रावण २०७९

साउन २१,पोखरा

नेपाल यातायात व्यवसायीले भोलि आइतबार ११:०० बजे देखि प्रदेश सरकारले २००% भन्दा बढी कर लिने दुखद अप्रिय निर्णय गरेको  विरुद्धमा आफ्नाे गाडीहरु सबै ग्यारेज भित्र राख्ने र माग पूरा नभएसम्म आम हड्ताल गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

गण्डकी प्रदेशका माननीय भौतिक योजना विकास तथा यातायात मन्त्री कुमार खड्का का अनुसार गण्डकी प्रदेश सरकारले भोलि यातायात व्यवसायीको माग मुख्य मन्त्री को उपस्थितिमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि यातायात व्यवसायी समितिले आन्दोलन फिर्ता लिएको बताउनुभयो ।

उहाँको अनुसार अहिले भर्खर प्रदेश सरकार र व्यवसायी बिच छलफल भएको र सो छलफलले यातायात ब्यवसायी को माग सम्बोधन सरकार पक्षले गर्ने र बन्द कर्ताले गर्ने भनिएको बन्द फिर्ता लिने सहमति भएपछि घोषित आन्दोलन यातायात व्यवसायी ले फिर्ता लिएको मन्त्री कुमार खड्का ले परिवर्तन न्युज डट कम लाइ बताउनुभयो।

Advertisement:Ad
Advertisement:Ad

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले प्रदेश सरकारले गरेको यस्तो अप्रिय निर्णय साउन ६ गते  देखिनै पत्रकार सम्मेलन गरेर सरकारलाई ज्ञापनपत्र बुझाउँदै  आफ्ना विरोधका कार्यक्रम गर्दै आएको र आजसम्म पनि आफ्नो माग पूरा नभए पछि  व्यवसायीहरु बाध्य भइ भोलि ११:०० पृथ्वीचोक बाट आफ्नो आन्दोलन स्वरुप गाडीहरू ग्यारेजमा थन्क्याएर सरकारको विरुद्धमा आँधीबेहरी नै ल्याउने घोषणा गरेको थिए।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज