Top Header Ad 1

मंसिर ४ पछि एमालेको सरकार नबने देश रणभूमि बनाउनेछन- केपी ओली

मंसिर ४ पछि एमालेको सरकार नबने देश रणभूमि बनाउनेछन- केपी ओली

परिबर्तन न्युज
२८ भाद्र २०७९ बजे
परिबर्तन न्युज
२८ भाद्र २०७९

भाद्र २८, पोखरा

आज पोखरा  महानगरपालिकाको सिटी स्क्वायर हलमा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक तमु सङ्घको कार्यक्रम का प्रमुख अतिथि केपी शर्मा ओलीले मंसिर ४ मा हुने चुनावमा एमाले सत्तामा गएन भने  देशः रणभुमि बन्नेछ भन्नुभयो ।

विगतका भाषणहरु मा निकै उत्तेजनापूर्ण तरिकाले आफ्नो भाषण सुरु गर्ने नेकपा एमालेका अध्यक्ष आज भने निकै शालीनता पूर्वक आफ्ना प्रस्तुतिहरु राख्नुभएको थियो। चुनाब सम्म माधब नेपाल सङ्ग खास कुनै कार्यकर्ता हुनुहुने छैन ।देश बर्बाद पार्ने हरूको नाइके माधब नेपाल नै हुन भन्नुभयो।

सभ्य र भब्य तरिकाले कटाक्ष गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले धाधली नगरी नजित्ने काँग्रेसलाई चुनावमा जान आफ्नै सत्ता चाहिन्छ’ भन्नु भयो। माधबकुमार नेपाल को पार्टी ले लेखेर राख्नुस्, थ्रेसहोल्ड कटाउँदैन भन्नुभयो। एमाले फुटाएको पारिश्रमिकस्वरूप माधवलाई एक सिट जिताइदेलान् भन्दै ब्यङ गर्नुभएको थियो भने यो अबैध अबैधानिक र अप्राकृतिक गठबन्धन को लुट मच्चाउन बनेको  परमादेशको सरकार हो भन्नुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज