लेखनाथ महोत्सव २०७९ को पुरा तयारी हुदैगर्दा जनप्रतिनिधिसँग छलफल

लेखनाथ महोत्सव २०७९ को पुरा तयारी हुदैगर्दा जनप्रतिनिधिसँग छलफल

परिबर्तन न्युज
२९ मंसिर २०७९ बजे
परिबर्तन न्युज
२९ मंसिर २०७९

मंसिर २८,लेखनाथ

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड
प्रबन्धक  रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तिब्र गतिमा अगाडी बढिरहेको छ ।

Advertisement:Ad

विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई अझ भव्य र विगतका महोत्सवहरु भन्दा फरक र व्यवस्थित बनाउनका लागि राय सुझाव संकलन कार्य जारी रहिरहेको अवस्थामा बुधवार मात्र साविक लेखनाथ नगरपालिका हाल पोखरा महानागरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिहरुसँग संघको सभाकक्षमा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रय को  अध्यक्षतामा बसेको उक्त बैठकमा वडाध्यक्षहरु बाट महोत्सवलाई व्यवस्थित बनाउनका लागि विगतका कमिकमजोरीलाई सुस्मरुपमा नियाली नयाँ नयाँ गतिविधि तथा प्रविधि प्रदर्शनी अगाडि बढ्नुपर्ने यस बिषय मा आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आआफ्नो स्थानबाट पूर्ण  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

`महोत्सव लेखनाथको सँस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि ‘ भन्ने मुल नाराका साथ संचालन हुन लागेको लेखनाथ महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले दिनुभएको थियो  ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज