Worldlink Communications

बिन्ध्यस्वरी युवा क्लब ले भलिबल प्रतियोगिता राखेर मनायो आफ्नो तेइसौ बार्षिक दिवस

चैत्र ३, पोखरा

पोखरा महानगर पालिका वार्ड न.१९ तल्लाकोट ठाटी का युवाहरुको संगठन, बिन्ध्यस्वरी युवा क्लब ले सिबरात्री को सुभअबसर प।रि पाचदिन सम्म को लामो कार्यक्रम सहित भलिबल प्रतियोगिता राखेर तामझाम सहित मनायो ।

कार्यक्रम को समुद्द्घाटन प्रमुख अतिथि गण्डकी प्रदेस सभासद राजिब पहारी गर्नुभयको थियो भने समापन कार्यक्रम को प्रमुख अतिथि गण्डकी प्रदेस सभासद पुस्पा के सी भण्डारी ले गर्नु भयको सो कार्यक्रम को अध्यक्षता  बिन्ध्यस्वरी युवा क्लब का अध्यक्ष अर्जुन ढुंगानाले गर्नु भयको  कार्याक्रम संचालन पुर्ब अध्यक्ष मिनराज ढुंगानाले गर्नुभयको थियो ।

पाचदिन सम्म खेलाईयको भलिबल प्रतियोगिता मा २३ टिमको सभागिता थियो भने अन्तिम सम्म पुग्ने टीम जुरे भुमि युवा क्लब मादी गाउ पालिका तपरांगबाट  क्रमसःहितमान गूरुंग ,प्रकाश गुरुङ ,सुजन बराल ,अमृत बाराल,गौ बहादुर राणा,मिलन परियार र विकासपरियार खेल्नु भयको थियो भने सिल्दु देउराली युवा क्लब माछापुच्छ्रे बाट क्रमसः बिबेक गुरुङ ,सुजन गुरुङ, बिष्णु गुरुङ, सन्तोष अधिकारी ,सूर्यमान गुरुङ ,रबिन गुरुङ र कैलास गुरुङ खेल्नु भयको थियो निकै रमाइलो र प्रतिस्प्रधात्मक खेल को अन्तिम सम्म आइपुग्दा  जुरे भुमि टीम प्रथम भयो भने दोस्रो सिल्दु देउराली भयको थियो ।

प्रमुख अतिथिलाइ माया को चिनोदिइ  क्लबले सम्मान गरेको थियो भने  प्रमुख अतिथि बाट प्रथम बिजेता खेलाडी लाइ पचासा हजार नगद र सम्मान त्यस्तै गरि दितीय हुने खेलाडी हरुको लाई  तिस हजार र सम्मानसहित  पुरस्कार वितरण गर्नु भयका प्रमुख अतिथि पुस्पा के सी भण्डारी ले  आफु यहाको चेली भयको अनि तपाईहरुको सेबक भयको हुनाले तपाई हरु सम्झनु होस् मा हाजिर भै आफुले सकेको सबै सहयोग गर्न तयार छु भनेर बोलिरहदा तालीको गडगडाहाट सुनियको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: