Worldlink Communications

गुरुङ पुनः मुख्यमंत्री वन्दै


पोखरा

केही दिनअघि राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमंत्री वन्दै हुनुहुन्छ I
गुरुङले वैशाख 26 गते राजिनामा दियपछी विपक्षलाई सरकार बनाउने बाटो खुलेको थियो सरकार बनाउन विपक्ष का कांग्रेस माओवादी, राजमो र जनता समाजवादी पार्टी लगायतले प्रयास गरेका छन तर यसैबीचमा राष्ट्रिय जनमोर्चा का कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमाने पछि गण्डकी प्रदेशको गठबन्धन सरकार बनाउने प्रयास असफल हुने प्रायः निश्चित भइसकेको हो I
मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि राजनीतिक दललाई दिइएको तीन दिनको समयसीमा आज मंगलबार सकिँदैछ I अन्तिमसम्म जनमोर्चा संसद् थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धन आफ्नो सरकार बनाउने प्रयास असफल बनेको जस्तै देखिन्छन

कांग्रेस माओवादी नेताहरुले जनमोर्चा सांसद थापाको कारण अब एक महिना नेकपा यमाले का पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने निश्चित भएको बताए I कांग्रेस माओवादी सरकार को विपक्षमा रहेका सांसद थापा मुख्यमन्त्रीको पक्षमा रहेको एक जानकारले हामीलाई बताए I
यसअघि बिरामी भई अनुपस्थित भएका जनमोर्चा ससद खिमविक्रम शाही पार्टीको नियम मान्न तयार भएपनि दल का नेता थापाले नमानेका कारण कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्न सक्ने देखिदैन I बागलुङको राजनीति फरक रहेको र प्रस्ट रुपमा भन्नुपर्दा हामीले यमाले को जनताको भोट बाट जितेको हुनाले काँग्रेसलाई साथ दिन नसकेको बताएका छन् I

नयाँ सरकार बनाउन विपक्ष गठबन्धनलाई 31 जना ससदको हस्ताक्षरको आवस्यकपर्छ स्मरणरहोस गण्डकी प्रदेशमा 60 जना ससद हुनुहुन्छ जसमा यमाले का 27 कांग्रेस का 15 माओवादी का 12 राजमो का 3 जसपका 2 स्वतन्त्र सांसद 1 हुनुहुन्छ l
त्यसो त राजमो का केन्द्रीय अध्यक्ष चित्र बहादुर के सी ले उमेद्वार पार्टीले उठाउने जिताउने पार्टीले अहिले पार्टीको आदेस नमान्ने उहाले मान्नुपर्छ यदि मान्नु भयनभने पार्टीले कार्बाही गर्ने बताउनु भयको छ /

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: