Top Header Ad 1

पोखरामा नवजात शिशुको शव फेला, आमासहित एक महिला पक्राउ

पोखरामा नवजात शिशुको शव फेला, आमासहित एक महिला पक्राउ

परिबर्तन न्युज
१३ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
१३ कार्तिक २०८३

कार्तिक १२, पोखरा

कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक घरको शौचालयमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शिशुकी आमालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ कार्तिक ३ गते साँझ करिब ६ः४० बजे लेकसाइडस्थित तोडबहादुर थापाको घरको ट्वाइलेट जाम भई पानी बाहिर निस्कन नसकेपछि घरधनीले शौचालयको च्याम्बर खोलेर हेर्दा भर्खर जन्मिएको सालनालसहित को पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो।

Advertisement:Ad

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा घटना स्थल मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–२१ कृष्ति माइतीघर भएकी तथा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ स्थायी वतन भई हाल पोखरा–६ लेकसाइड स्थित उक्त घरमा भाडामा बस्दै आएकी १९ वर्षीया अविवाहित नेपाली युवतीको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती युवतीको खोजतलास गर्ने क्रममा कार्तिक ४ गते बिहान करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ स्थित लङ्कुस्वारा भन्ने स्थानबाट फेला पारिएको थियो। उनलाई स्वास्थ्य परीक्षणसमेत गराइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा ती युवतीको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीसँग २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की ले जनाएको छ। प्रहरीले ती महिलालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज