Worldlink Communications

कोप्सको भचुँल बैठक सम्पन्न

                गण्डकी                                                            कोप्सको भचुँल बैठक सम्पन्न कोभिड १९ ,कोरोना भाईरस कोभिड -१९ महामारी प्रकोपबाट प्रारम्भिक सहकारी संस्थामा परेको प्रभाब र सहकारी संचालकहरुको भुमिका बिषयमा जुम प्रबिधिको प्रगोग माफँत भचुँल बैठक आयोजना गरिएको हो । कोप्ससहकारीका अध्यक्ष एबम संचालकहरुको साझा र छाता संगठन हो। कोअपरेटिभ प्रेसिडेन्ट (सोसाइटी कोप्स सेन्टर)को आयोजनामा बुधबार सहकारीका अध्यक्षहरु तथा संचालकहरुलको बैठकले गरेका निर्णयहरु यस प्रकार छन। १ . बैठकको अध्य्क्ष्यता संस्थाका अध्यक्ष्य डिल्लीराम बरालले गर्नुभएको थियो। सो बैठकमा ५० सहकारीकर्मिको उपस्थिति रहेको छ।  २ . बैठक राष्ट्रिय गित बजाएर र सहकारीका सात सिद्धान्त बाचन गरि सुरु गरिएको थियो ।३.बैठकले कोभिड महामारी बाट म्र्त्यु हुनु भएका घारिकुलो बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकाराम ढकाल ,प्राइम सहकारीका संस्थापक अध्यक्ष अनिल जोशी लगायतदेशभरिबाट दिबंगत हुनुभएका सहर्कारीकर्मीहरु प्रति भाबपुर्ण स्रदान्जली अर्पण तथा संक्रमण भई उपचाररत सहकारी अभियान्ता ,सचालकहरु एबम कमँचारीहरुमा स्वास्थ लाभको कामना गदैँ कोभिड १९ महामारीका कारण दिबंगत महानुभाबहरुमा शोक प्रस्ताब पारित गरयो।४. कोभिड महामारीको सन्दर्भमा निम्न लिखित निर्णय गरेको छ१)कठिन अवस्थामा समेत अनुकुलता खोज्दै सचेत्तापुर्बक सहकारी सदस्यहरुलाइ नियमित सेवा दिइरहनु जरुरि छ । २) सहकारीका सदस्य, कर्मचारी र संचालकहरुको उद्दारको लागि आपतकालीन उद्दार समिति गठन गर्ने। ३)आपतकालीन उद्दार गर्नको लागि न्युनतम १५ लाखको कोभिड उद्दार कोष (CRF) खडा गरि अक्सिजन बैंक स्थापनाको गम्भीर पहल गर्नु पर्दछ। CRF को लागि मुट्ठी दान अभियान सहकारीका सदस्यहरु र कर्मचारीले न्युनतम ५ रुपियाँ , संचालकले न्युनतम १०० रुपिया सहकारीहरूले न्युनतम २००० रुपियाँ सहयोग गर्न आहवान गर्ने निर्णय गरेकोछ ।  सबै सहकारी हरुले आफ्नो संस्था भित्र समेत उद्दार दल गठन गर्नु पर्ने निस्कर्ष निकालेको छ। कोभिड उद्दार समिति को जिम्मेवारी धर्मराजअर्याल नेतृत्वको :कोप्स जोन कास्कीको समिति ” लाई हस्तान्तरण गरिएको छ। ४)सहकारीहरूले अनिबार्य रुपमा आफ्ना सदस्यहरु संग निरन्तर भर्चुअल भेलाहरु गर्ने र सचेतना फैलाउने निर्णयगरेको छ। ५) सदस्यहरुलाइ आर्थिक सुरक्षाको महशुश गराउने र कोभिडको समयमा ब्याजदर कम्तिमा २ बिन्दु प्रतिशत वा सदस्यको बचतमा दिने आधार दर कायम हुने गरि राहात दिने निस्कर्ष निकालेको छ। अफ्ठ्यारोमा संस्था अभिभाबक हो यसको महसुश सदस्यलाई गराउनु पर्ने निर्णय गरेको छ।६) कोभिड संक्रमित सदस्यहरुको उपचारको लागि १ लाख रुपियाँ सम्म ६ महिनाको लागि बिना ब्याज उपलब्ध गराउनु पर्दछ भन्ने निस्कर्ष दिएको छ।७)कर्मचारीहरुको लागि खोप अभियान,स्वास्थ्य बिमा र स्वास्थ्य सुरक्षाको लागि सामाग्री ब्यबस्थापन अभियान चलाउने निर्णय लिएको छ।८) सदस्यहरुका व्यापार ब्यवसाय कोभिड पछाडी दिर्घकालिन रुपमा पुनर्स्थापित गर्न” बिजनेश रिकभरी प्लान”BRP दिने निर्णय गरेको छ।९)कोभिड सचेतना को बिषयमा सदस्यहरु लाइ बुझने बनाउन बिज्ञ डाक्टर सहित अनलाइन अन्तरक्रिया गराउने निर्णय गरेको छ।१०) कोभिड अवधि भरि साप्ताहिक छलफल चलाउने निर्णय गरेको छ। ५ उक्त कार्यक्रममा संचार बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष बिनोद ढुङगाना, कोप्सका सल्लाहकार टिकाराम पौडेल ,कोप्स कास्कीका फाईनान्सियल डाईरेक्टर सबिन जि सि ,सहकारी अभियान्ता युबराज पराजुली ,सहकारीका सात सिद्धान्त बाचन अनमोल साकोसका खेमराज बरालले का थिए । ,लगायत विभिन्न ३० जना बक्ताले बतँमान महामारीको सामना गनँ सम्पूर्ण सहकारी संस्था र संचालक एक हुनुपर्ने निस्कषँ निकालिएको छ।उक्त अन्तरक्रियामा पोखरा महानगरपालिका सहकारी समिति सदस्य एबम कायँपालिका सदस्य सन्तु सुवेदी ,कोप्स कास्कीका गभँनर धमँराज अयाँल , जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रबन्धक सुशील के सी कोप्सका जिल्ला समितिका पदाधिकारीहरुले आपतकालीन योजनाको बिषयमा आ आफ्नो धारणा पेश गरेका थिए। ,अन्तमा महासचिब रामचन्द्र शर्माले सबै बिषयबस्तुको प्रभाबकारिता सम्बन्धि थप ब्रिफिंग एबम स्पष्टता प्रस्तुत गरे । उक्त बैठकको अध्यक्ष्यता कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालबाट धन्यवाद सहितत बैठक समापन गर्नुभएको थियो ।                                                   -प्रकाश अधिकरी

प्रतिक्रिया दिनुहोस्: