Worldlink Communications

संसद विघटनविरुद्ध आज सर्वोच्च अदालत जाने तयारी

९ जेठ, पोखरा संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरु लाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने उनीहरुको तयारी छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए । ‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्: