Worldlink Communications

नवआदर्श सामुदायिक विकास समाज अझै जनउत्तरदाइ बन्दै – गरिबले पाय सुबिधा

                                                              पोखरा,

पोखरा महानगरपालिका वडा नम्बर १९ मा रहेको नवआदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले विश्वभर महामारीको रुपमा फैलिएकोकोभिड नाईन्टिनको विषम परिस्थितिमा यस संस्थाले आफूसँग उपलब्ध भएका साधानश्रोतहरु जनताको निम्ति आवश्यकतानुसार सशुल्क र निसुल्क रूपमा जनताको सेवा गर्ने जानकारी गराएको छ ।यसैको आधारमा रहेर यस संस्थाका तीनवटा एम्बुलेन्सहरु जनताहरूको आवश्यकताअनुसार प्रयोग गर्ने जानकारी हामीलाई यस संस्थाका अध्यक्ष रेश्मा अधिकारी शेरचनले जानकारी दिनुभयो ।

जानकारीमा आएअनुसार यस संस्थाले विगत केहि बर्स अगाडीदेखि यस्ता सामाजिक क्रियाकलापहरु जस्तै समाजमा परिवर्तनका महत्व पूर्ण सूचक , चाडपर्व रीतिरिवाज धर्मसंस्कृति इत्यादि संरक्षण गर्ने देखि लिएर अहिलेको विषम परिस्थितिमा जनताको सेवा गर्नको लागि प्रथम होस् या अहिले को दोस्रो कोभिड यसमा हाम्रो आफ्नो संस्थासँग भएका हरेक सामाग्रीहरु पीडितहरुको निम्ति प्रयोग गर्ने जानकारी हामीलाई यस संस्थाका अध्यक्ष शेरचनले जानकारी दिनुभए अनुसार

मिति२०७७ ।११।०१ गते सम्पन्न पोखरा सफल म्याराथुनमा आकस्मिक सेवा सहयोग गरिएको लामाचौर रंगशाला महेन्द्रगुफा मध्यमबाट बाटुलचौर हुँदै पुनः रंगशालामा गई खेलाडीहरुको सहयोग गर्ने अवसर पाएको हामीले फेरी मिति २०७७।११।२५ गते नेपाल सरकारको कोभिड भ्याक्सिन अभियानमा सहयोग गर्न यस समाजका सम्पूर्ण आकस्मिक सेवा तीनवटा यम्बुलेन्स र यस समाजका केहि सहयोगी मित्रहरूको आफ्नो सवारी साधन तथा भाडाका सवारी साधनहरूको समेत प्रयोग गरी करिव दुइ सय बहत्तर जना जेष्ठ नागरिकलाई उक्त अभियानमा समावेश हुन को लागि भ्याक्सिन लगाउन को लागि घरमा नै गई लियर फेरी घरमानै सम्मान ल्याउने काम मा सहयोग गरेको जानकारी गरायो ।

यस संस्थाले सेवा दिने यरिया कास्की गण्डकी मा मात्र सिमित नभई सातै प्रदेशका सतहतर वटै जिल्लामा सेवा दिन आफू तयार छ भन्ने उदाहरण दिनुहुँदै मिति२०७८।०१।२५ गते सब लिई पोखरादेखि करिब ५०० किलोमिटर पूर्व दिशामा रहेको खोटाङ जिल्ला पुगेको थियो भने काठमाडौ का बिभिन्न स्थान लगायत चितवन,स्यांगजा,बेनी,बाग्लुंग का क्षेत्रहरु नियमित सेवा दिने क्षेत्रहरुमा पर्दछ भने यस समाजको सचिवालय पोखरामा नगर पालिका वार्ड १९ र १६ सिमानामा पर्ने भएकाले सेवा क्षेत्र आसपासका पुरुन्चौर,काभ्रे,धार्मि,तातोपानी, भुजुङखोला वरपरका गाउँमा अर्मलामा जैमुरे,गुफारोड जोगीमणि लगायत सबै ठाउँ हरु पर्छन ।

दोस्रो कोभिड भएदेखि आजसम्म यस संस्थाबाट सशुल्क रुपमा१०१ जना साधारण बिरामीलाई हस्पिटल पुर्याईएको छ ।कोभिड बिरामी ४७ जनालाई सब १३ वटा पिसिआर चेकगर्न २८ जना बोकिएको र कोभिड सब १ जनाको शव बोकिएको छ ।
त्यस्तैगरि निःशुल्क सेवा गरिएका साधारण बिरामीलाई हस्पिटल पुर्याईएको ११ जना, कोभिड बिरामी ६ जना,कोभिड शव १ जना बोकिएको साधारण सब १ जना बोकिएको छ भने सुत्केरी हुन लागेको दुइ महिला लाई कोमागाने अस्पतालमा पुर्याइएको छ भने २११ जना व्यक्तिहरुलाई संस्थाले प्रत्यक्ष सहयोग गरेको देखिन्छ ।
यी सबै कार्यक्रमहरुलाई राम्रोसँग सम्पन्न गर्नका लागि वडा नम्बर १६ र वडा नम्बर १९ वडा कार्यालयहरूको महत्वपूर्ण भूमिका रहेको यसै संस्थाका अध्यक्ष रेश्मा अधिकारी शेरचनले परिबर्तन न्युज लाई बताउनुभयो। स्मरण रहोस उहाँ यस समाज को पहिलो महिला अध्यक्ष पदमा २०७७ माघ महिना १६ गते पदस्थापना भएको हो हुने बिरुवाको चिल्लो पात भने झैँ उहा को उपस्थिति मा राम्रा कार्यक्रमहरु भएरहेको नवनियुक्त अध्यक्ष शेरचनले गर्वकासाथ हामीलाई बताउनु भयो ।
अन्तमा यस सस्था को पहिलो उर्जाशील महिला अध्यक्षलाइ  हाम्रो तर्फ बाट पनि धेरै धेरै बधाई ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: