Worldlink Communications

हामीले दुवै पार्टी फुटाईदिन सक्छौ, महेश बस्नेत

पोखरा,

नेकपा एमालेका नेता महेस बस्नेतले आफूले चाहेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र फुटाई दिनसक्ने दाबी गर्नु भयको  छ ।
बस्नेतले कांग्रेसका २३ संसद पार्टी विभाजनको पक्षमा रहेको र माओवादी केन्द्रका पनि २५ जना ससदहरु प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्ष मा पुग्नुभयको छ भनेर महेश बस्नेत ले आज सोमबार एमालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय भर्च्युल बैठकलाई सम्बोधन गर्दै भन्नुभयो ।

उहाँहरुले जस्तो हर्कत गर्न हामीलाई पनि आउछ साच्चै भन्ने हो भने दुबै दललाइ मैले विभाजन हुन सक्ने हैसियतमा पुरयाइ दिन सक्छु र त्यो हैसियत  हाम्रो पार्टीले पनि राख्छ भन्नुभयो यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोपहरु लाग्ने त गर्छन नै भन्नुभयो ।

विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने केहि नेताहरु अहिले एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको बस्नेतले सो भर्चुअल मिटिङमा बताउनु भयको थियो । त्यहाँ भित्र भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बिसय बस्नेतले आफ्नो सम्बोधनका क्रममा बताउनु भयको थियो ।

अन्त मा अबको चुनाब मा फेरि एमाले ले जितेर पाँच वर्ष केपी ओली नै प्रधानमन्त्री हुनुहुने दाबी गर्न समेत भ्याउनु भयको थियो ।

प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: