Worldlink Communications

गण्डकी प्रदेशमा कोराना संक्रमण दर घटदो

पोखरा जेष्ठ २५
मंगलबार सबैभन्दा बढी कास्कीमा २ सय ३२ र कम मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो । मनाङमा कुनै पनि संक्रमित छैनन् भने गोरखामा १ सय ६ र पर्वतमा ८७ जना संक्रमित भएका छन् । यसैगरी नवलपुरमा ३१, बागलुङमा १७, म्याग्दीमा १५, स्याङ्जा र लमजुङमा १२÷१२ सहित तनहुँमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सँगै प्रदेशमा कोरोनाको संक्रिय संक्रमित ७ हजार ९ सय पुगेका छन् जसमध्ये ७ हजार ३ सय ७५ जना होम आइसोलेसनमा छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६ सय ७६ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पिसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा, ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा, १ हजार ३ सय २१ जना आइसीयुमा र ३ सय ७२ जना भेन्टिलेटरमा छन् । यही अवधिमा थप ६ हजार ५ सय ७० जना निको भए । हालसम्म ५ लाख ४ हजार ५ सय ३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४ दशमलव ७ प्रतिशत पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीमा ३, पर्वत र स्याङ्जामा २÷२, लमजुङ, तनहुँ र नवलपुरमा १÷१ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका १० का २६ वर्षीय पुरूषको सोमबार होम आइसोलेसनमा मृत्यु भएको छ भने पोखरा १७ का ८० वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा १६ का ५० वर्षीय कोरोना संक्रमित पुरूषको मंगलबार मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पर्वतको फलेबास नगरपालिका १ का २८ वर्षीय पुरूषको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पर्वतकै मोदी गाउँपालिका ६ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको छ ।

स्याङ्जा आँधीखोला गाउँपालिका ३ का ५४ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका ६ का ५२ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । लमजुङको राइनास ९ की ७७ वर्षीया महिलाको चितवन मेडिकल कलेज चितवनमा उपचारको क्रममा ज्यान गएको हो । तनहुँको व्यास नगरपालिका १ का ७५ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ भने नवलपुरको बौदीकाली गाउँपालिका १ का ८१ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ८९ पुगेको छ । नेपालभर थप १ सय ८ जनाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ ।

प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: