Worldlink Communications

के गण्डकी प्रदेश सभा विघटन होला ?

 

पोखरा जेष्ठ, २६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते बिहीबार विश्वासको मत लिदै हुनुहुन्छ। मुख्यमन्त्री गुरुङले २५ गते मंगलबार सदनमा विश्वासको मत लिने बारे जानकारी गराई सक्नु भएको छ। बैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक संवैधानिक कारण ले गर्दा विश्वासको मत लिन लाग्नु भएको हो उहाँले वैशाख २६ मा राजिनामा दिएर संविधानको १६८ को २ अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ को ३ अनुसार सरकारको गठन गर्नुभएको थियो दलको नेताको हैसियतमा गुर्रुंग फेरि मुख्यमंत्री मा दोहोरिनु भएको थियो।

यदी भोलि २७ गते मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसक्ने देखियमा भोलि नै मध्यावधि निर्वाचन घोषणा गर्न सक्ने सम्भावना भयको एक सांसदले हामीलाई बताउनुभयो । साठी सदस्य प्रदेश सभामा बहुमत पुर्याउन ३१ संसदको साथ आवश्यक पर्छ एमाले मा एक स्वतन्त्रसहित २८ संसद हुनुहुन्छ। स्मरण रहोस एमालेलाई जनमोर्चाका सांसद कृष्ण थापाको पनि साथ छ तरपनि संसदीय गणित अनुसार मुख्य मन्त्री गुरुङलाई विश्वासको मत पुग्दैन अर्कोतिर विपक्षी गठबन्धनमा पनि सभामुख सहित 31 संसद छन् सभामुखले मत राख्न नपाउने भन्ने हो भनेपछि विपक्षीले पनि सरकार गठन गर्ने सम्भावना न्युन हुन् पुगेको छ कांग्रेसको १५ माओवादीको ११ सभामुख बाहेक जनमोर्चा २ कृष्ण थापा बाहेक र जनता समाजवादीका २ जना सहीत ३० हुनुहुन्छ।

कृष्ण थापाले भोट नदिने र एमालेका सांसदले फ्लोर क्रस नगर्ने हो भने कसैको पानि सरकार नबन्ने भयपछी प्रदेश सभा विघटन हुनेछ वैधानिक व्यवस्था अनुसार एक सांसदले भने हामी पनि बनाउन सक्दैन उहाँहरुले पनि बनाउने कुनै आधार नभयपछी ससद भंग गरि मध्यावधि निर्वाचन मा जानुको बिकल्प छैन भन्नुभयो यदि नया सरकार बनाउन को लागि समय उपलब्ध गराइयो भने त्यो समयमा कुनै सांसद विपक्षी गठबन्धनको पक्षमा जान सक्ने डर एमाले लाई भएकाले सिधै मध्यबद्धि तिर जान सकने बुझिन्छ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संसद् भङ्ग गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने व्यवस्था छ प्रदेश सरकारको अन्तिम विकल्प नै संसद् भङ्ग हो भनेर अन्दाज गर्न सकिन्छ। सोहि अनुसार मुख्यमन्त्रीले सिफारिस गर्नु हुनेछ यसो गर्दा विपक्षीले आफ्नो संसद मा बहुमत रहेको दाबी सहित प्रदेश प्रमुख को मा पुग्ने बाटो नै बन्द हुनेछ।

त्यसो त जनमोर्चा ले कृष्ण बहादुर थापालाई पुनरावेदन अदालतमा पून कारबाही को माग सहित मुद्दा दायर गरेको छ यो समयमा उहाँ सांसद हुने कि नहुने भन्ने विषय पनि महत्वपूर्ण रहन सक्छ भने अर्कोतर्फ एमालेकै सांसदहरुले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेस दुबै ठाउँमा फ्लोर क्रस गरेको या तटस्थ  रहेको यो  अवस्थामा गण्डकी प्रवेशमा भने आँकलन गरिएजस्तो यही नै हुन्छ भनेर भन्न सकिने अवस्था छैन।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: