Worldlink Communications

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौ,साउन १०

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनि समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका उनको काठमाडौ मा चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक  रहेका  उनको मेडिकल, कृषि, जलविधुत  लगायतका क्षेत्रमा पनि ठुलै लगानी रहेको छ।

निजी विद्यायलहरूको संस्था प्याब्सनको साझा संगठन हिसानका संस्थापक अध्यक्ष रहेका उनलाई नेपाली काँग्रेसले २०७४ को प्रतिनिधिसभामा समानुपातिक सदस्य बनाएको हो त्यसोत  श्रेष्ठ संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य पनि हुन्।

भोजपुर घर भइ  थुप्रै व्यवसाय मा दख्खल गरेका उनि दोस्रो संविधानसभामा २६ जना मनोनीत सभासदमा उनि पनि  मनोनीत भयक थिए। गत वर्षमात्र श्रेष्ठले विभिन्न अस्पतालहरू बिच समबन्ध बडाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका उनको जनमैत्री, महेन्द्रनारायण निधी अस्पताल मा उनको लगानी रहेको जानकार हरु बताउछन।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । आइतबार सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ लिइसकेपछि प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले अलिहेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले काम गर्ने बताए ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: