Worldlink Communications

लुम्बिनी प्रदेस प्रमुखले विशेष अधिबेसन आब्हान गर्नुभयो

श्रावण २१ बुटवल

लुम्बिनी, प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन बोलाउनु भको छ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचना अनुसार  संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधि वेशन बोलाउनु  भयको हो ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध तेस्रो पटक परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक विशेष अधि वेशन बोलाइएको हो।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

-प्रकास अधिकारी

प्रतिक्रिया दिनुहोस्: