Top Header Ad 1

स्वास्थ्य बीमा सेवा थप पारदर्शी बनाउन ईएमआर प्रणाली अनिवार्य

स्वास्थ्य बीमा सेवा थप पारदर्शी बनाउन ईएमआर प्रणाली अनिवार्य

परिबर्तन न्युज
२० भाद्र २०८३ बजे
परिबर्तन न्युज
२० भाद्र २०८३

भाद्र २०, काठमाडौँ

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली लागू गर्न निर्देशन दिएको छ।

बोर्डका अनुसार हालसम्म धेरै सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबीहरू हस्तलिखित (म्यानुअल) रूपमा पेश गर्दै आएका छन्। यसरी पेश गरिएका दाबीको रुजु तथा मूल्याङ्कनमा अत्यधिक समय लाग्ने गरेको र भुक्तानी प्रक्रियासमेत प्रभावित हुने गरेको बोर्डले जनाएको छ। म्यानुअल प्रणालीका कारण दाबी भुक्तानीमा ढिलाइ हुँदा गुणस्तरीय सेवा प्रवाहमा समेत असर परेको बोर्डको भनाइ छ।

Advertisement:Ad

बीमा प्रणालीलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन अबदेखि ईएमआर प्रणालीमार्फत मात्रै दाबी पेश गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ। साथै, सबै सेवा प्रदायक संस्थालाई हाल प्रयोगमा रहेका सफ्टवेयर, मोड्युल तथा आगामी दिनमा ईएमआर विस्तारका लागि तय गरिएका योजनासम्बन्धी विवरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

बोर्डका प्रवक्ता डा. पवनकुमार साह ले ईएमआर प्रणालीको कार्यान्वयनसँगै दाबी रुजु, मूल्याङ्कन र भुक्तानी प्रक्रिया थप सहज, छिटो तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज