Worldlink Communications

कास्किमा थप कडाइ का साथ निषेधाज्ञा

भाद्र ४, पोखरा                                                                    जिल्ला प्रशासन कार्यलय कास्कीले आज देखि थप कडाईका साथ निशेधाज्ञ जारी गरेको छ।कोरोना बाट  मृत्युदर बढ्दै  गयको भन्दै प्रशासन कार्यलय कास्कीले विहिबार रातिदेखि लागू हुनेगरी कास्कीमा निजी तथा सार्वजानिक सवारी साधनमा फेरि आज शुक्रबार रातिदेखि जोरविजोर प्रणाली लागु गरिने जानकारी दियको छ ।

बुधबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले भाद्र १० गते सम्मका लागि निषेधाज्ञा सहित थप कडाई गर्ने निर्णय गरेको थियो। त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम गर्न , विद्यार्थीको परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय, आयोगका परीक्षाबाहेक अन्य संचालन गर्न नपाइने भएको छ।संक्रमण बढ्दै गएपछि प्रशासन कार्यलयले रेष्टुरेण्टहरुमा आउने जाने र होटलको बेड क्षमताको ५० प्रतिशत मात्रै रहने गरि खाना र बस्नको व्यबस्थापन गर्न पाउने भएको छ।

कोरना को गण्डकी प्रदेशको पछिल्लो तथ्यांकअनुसार बिहीबार ५ सय ४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी पछिल्लो सुचना अनुसार २४ घण्टामा गण्डकीका ११ सय ८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । गण्डकीप्रदेशका ९ जिल्ला मध्य  कास्कीमा २ सय ६८ जना, तनहुँमा ३८ जना, गोरखामा ३३ जना, लमजुङमा ३९ जना र नवलपुरमा २५ जना स्याङ्जामा ५५ जना, पर्वतमा २ जना, बागलुङमा २५ जना र म्याग्दी जिल्लामा १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिहीबार, गण्डकीमा थप ५ जनाको मृत्यु भएको पुष्टि भयको छ। मृत्यु हुनेहरुमा बागलुङका २ जना, कास्कीका १ जना, म्याग्दीका १ जना र तनहुँका १ जना हुनुहुन्छ आज सम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको निर्देशनालयले जनाएको छ। कोरनाले  दैनिक रूपमा संक्रमण बडदै जादा कास्की प्रसासनले थप  सुरक्षा कवच अपनाउनु लाई स्वभाबिक मान्न सकिन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: