Worldlink Communications

नेकपा एमालेको अधिबेशनबाट नगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने र सचिब मा जिबन प्रसाद आचार्य सर्बसम्मत

कात्तिक ११ पोखरा

नेकपा एमाले पोखरा महानगर पालिकाको अधिबेशन ले नगर कमिटी मा अध्यक्षमा दिलिप न्यौपाने सर्बसम्मत चयन हुनुभएकोछ । अध्यक्षमा पा्ँच जनाको उ्म्मेदवारी परेको थियो । नेताहरुवीच अध्यक्षमा न्यौपानेलाई सर्वसम्मत गर्ने विषयमा सहमती भए अनुसार नै भएको हो  । न्यौपाने लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गर्नुभएको थियो भने यसअघि एमाले नगर कमिटिको सचिव को जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । स्मरण रहोस अध्यक्ष पदमा वर्तमान नगर कमिटि अध्यक्ष दीपक पौडेल, पूर्व नगर कमिटि संयोजक तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठीले उम्मेदवारी दिनुभएको थियो ।

महागनर कमिटिमा नेता कार्यकर्ता तथा प्रतिनिधिहरुको भावनालाई कदर गदै एमाले नेताहरुले दिलिप न्यौपाने को नाम मा सहमती गर्नु भयको बुझिन्छ । आधि कारीक रुपमा सार्वजनीक नभएपनि भित्री रुपमा सहमती जुटेपछि अहिले उपाध्यक्ष लगायतका पदमा सहमतीको प्रयास भैरहेको बुजिन्छ । कमिटिको उपाध्यक्षमा मोहन गुरुङ र राजकुमारी भुजेल मध्य एक जनालाई उपाध्यक्ष बनाउने प्रयास भैरहेको बुझिन्छ । लगभग मोहन गुरुङ उपाध्यक्षमा पक्का हुने बताउनु । त्यस्तै सचिवमा जीवन आचार्य निर्वाचित हुनुभएको छ । सचिवमा उम्मेदवारी दर्ता गर्नुभएका गोकर्ण अधिकारीले उ्रम्मेदवारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्वाचित हुनुभएको हो तर निर्वाचन आयोगले घोषणा गर्न बाकी रहेको छ । त्यस्तै उपसचिवमा सिता विश्वकर्मा र रामचन्द्र थापाको नाममा सहमती भएको छ ।

त्यस्तै भुगोल तर्फ वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णु बहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेत बहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल सर्वसम्मत भुगोलबाट सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ  ।त्यसो त वार्ड अधिबेशन बाट पोखरा 16 बाट राजेस कुमार गुरुङ पनि सर्बसम्मत भै सक्नु भयको छ।जिम्मेवारी पाउनुहुने सबै लाई परिबर्तन न्युज डट कम को तर्फ बाट बधाई तथा सुभकामना ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: