Worldlink Communications

असल छिमेकी नेपाल सस्थाको अधिबेशन सम्पन्न अध्यक्ष मा पुन:भरत बहादुर गुरुङ

कार्तिक १२,पोखरा

आज पोखरा को असल छिमेक नामक सस्थाले आफ्नो १९ औ साधारण सभा तथा सातौ अधिबेशन बाट अध्यक्ष मा पुन भरत बहादुर गुरुङ लाई जिम्मेवारी दिदै भब्य र सभ्य रुपले आर सि कम्प्लेक्स लामाचौर मा सम्पन्न गरेको छ ।

आजको खुल्ला सत्र कार्यक्रमको अध्यक्षता असल छिमेकी सस्था का आयोजक अध्यक्ष पास्टर भरत पहारी ले गर्नुभयको थियो भने प्रमुख अतिथि पोखरा महानगर पालिका वार्ड न.१ का अध्यक्ष सारदा पराजुलीले गर्नु भयको थियो,विशेषअतिथी हरुमा क्रमशः पास्टर हरिराम घिमिरे -अध्यक्ष पोख्रेलि ख्रीस्टिय समुदाय र पास्टर पदम राज पहारी ले गर्नु भयको थियो भने कार्यक्रम संचालन सस्थाका सचिब प्रकाश भुजेल घर्ती ले गर्नु भयको थियो ।

प्रमुख अतिथि तथा बिशेष अतिथी साथै अतिथी र आगन्तुकहरुलाइ आसन ग्रहण गराउदै सुरु गरियको कार्यक्रम  रास्ट्रीय गित गाएर सुरु गरिएको थियो ।आगन्तुक पाहुना हरुलाइ  स्वागत मन्तव्य पास्टर मुक्तिनाथ ढकालले गर्नुभएको थियो । सभाको समुदघाटन प्रमुख अतिथी शारदा पराजुली गर्नुभएको थियो। विशेष अतिथी र प्रमुख अतिथी ले आ आफ्नो तर्फबाट कार्यक्रम को सफलताको सुभकामना  मन्तव्य दिनुभएको थियो ।

आजको अधिबेशन बाट असल छिमेकी सस्था को जिम्मेवारीको पाउन सफल ब्याक्तित्व हरुमा क्रमशः

१.अध्यक्ष -भरत बहादुर गुरुङ

२.उपाध्यक्ष -मुक्तिनाथ ढकाल

३.सचिब-प्रकाश घर्ती भुजेल

४.कोष।ध्य्क्ष -प्रकाश क्षेत्री

५. सद्स्य -भबिन्द्र राना

६. नर बहादुर परियार

७.कृस्टिना सुब्बा तमाङ

८. सारदा गौतम

९. मसिना तमाङ

१०. पुस्प राज गिरि

११. तिल बहादुर गिरि   हुनुहुन्छ ।

साच्चिकै असल छिमेकी सस्था असल छ अझै यो सस्था का पात्र हरु झनै असल छन भन्दा फरक नपर्ने यस्ता सस्था हरु को आबस्यकता ले जनजनमा छोएको ब्यबहारले देखाउछ ।यो सस्थाले आफ्नो लागाब पुरै मानव जातीको हितमा उनिहरुले  बाच्न पाउनु पर्छ भन्ने देखि सम्पूर्ण विषय मा घनिभुत नया नया तरिकाले गरिब दुखी असहायहरु लाइ गड को रुपमा आएर सहयोग गर्ने सस्था हो असल  छोमेकी सस्था भन्दा अतिसयोक्ती नहोला ।चाहे भुकम्प आयको बेलाको गाँस बासको उद्दार होस चाहे बाडिपहिरो ले पिडित बनेको परिबार लाई होस राहात प्याकेज होस चाहे कोभिड-१९ ले सताएको मानिस वा परिवार को लागि अक्सिजन नै किन नहोस सबै लाई समान दृस्ठि पुराउन सक्ने सच्चा मन्ले सबैलाइ एकै किसिमले एकै तर आबस्यकता अनुसार फरक राहत पुराउन सफल यस सस्था लाई परिवर्तनन्युज.कम को तर्फबाट  मुरिमुरी सुभकामना टक्राउछु ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: