Worldlink Communications

दीप युनाइटेड क्लब पोखरा १६ को अधिबेशन सम्पन्न अध्यक्षमा -खेमराज आचार्य

कार्तिक १७,पोखरा

आज पोखरा महानगरपालिका १६ कास्की मा दीप युनाइटेड क्लब ले आफ्नो छैठो वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन गर्‍यो उक्त अधिबेशन ले खेमराज आचार्य को अध्यक्षता मा एघार सदस्यीय समिती गठन गरेको छ ।

आज सम्पन्न कार्यक्रम दिप युनाइटेड क्लब का आयोजक तेस्रो अधिबेशन का  अध्यक्ष मनकाजी गुरुङ को अध्यक्षता र प्रमुख अतिथि पोखरा महानगर पालिका १६ का अध्यक्ष जिबन प्रसाद आचार्य विशेष अतिथी को रूपमा क्लब का प्रमुख सल्लाहकार एबम पोखरा १६ का जनप्रतिनिधि ,एमाले १६ का पार्टी अध्यक्ष राजेश गुरुङ `राजु´ र अतिथी हरुमा क्रमशः कास्की जिल्ला समन्वय समितिको सद्स्य गोमादेबी अधिकारी गौतम ,कृषि सन्जाल पोखरा -१६ का सुबास  अधिकारी, जनप्रतिनिधि हरु मेहरमान थापा, बिष्णु नेपालि, लगायत विभिन्न पार्टी पार्टी का प्रतिनिधि समाजसेबी ब्याक्तित्व हरुको आतिथ्यता र सस्था का सचिब राम प्रसाद सुवेदी ले संचालन गर्नु भयको अधिबेशन सभ्य  र भब्य रुपले सम्पन्न भयो।

समाज सेवा तथा परिवर्तन को क्षेत्रमा निरन्तर अगाडि बढिरहेको यश दिप युनाइटेड क्लब पोखरा-१६ कास्की मितो २०७२ बैशाख ३१ गते जिल्ला प्रसासन कार्यलय कास्की मा बिधिबत रुपमा दर्ता भयको सस्था हो । यश सस्था ले आफ्नो नीति तथा कार्यक्रम अनुसात विभिन्न  सास्कृतिक ,केलकुद, समाज परिवर्तन ,सुरक्षा, अझै युवाहरूको चैतर्फी बिकास सङै कोभिड -१९ ले विश्व आक्रान्त भयको बेला पनि सक्रियता का साथ पहिलो लाइन बसेर असहाय  कम्जोर बेरोजगार बिपन्न सबैलाइ सहयोग बाड्ने अनि जुटाउने कार्य गर्दै आएको  यो सस्था लाई अझै सस्था का सम्पूर्ण सद्स्य हरुले जिम्मेवारी पुर्बक काम गरेको त्यो बिगतलाई हेर्दा सबै योगदान लाई हेर्दा यो सस्था को थाप्लो माथी अझै ठुलो  भारी थपिन गयको आभास मिल्छ ।

कार्यक्रम मा स्वागत मन्तव्य दिनु हुने हरु मा क्रमशः नबआदर्स का सचिब थिर बहादुर थापा , ने.का. १६ कास्कीका अध्यक्ष -अमृत तिमिल्सिना ,टोल बिकास समिती का अध्यक्ष  एबम सल्लाहकार टेकनाथ आचार्य ,दिल बहादुर गुरुङ -बगर भाइ खलक ,त्यस्तै गरि क्लब का प्रमुख सल्लाहकार रजेश गुरुङ`राजु´ ,बिष्णु कुमार गुरुङ भबन निर्माण समिती का अध्यक्ष ,गोमा गौतम अधिकारी लगायत ले सुभकामना दिनुभएको थियो ।भने प्रमुख अतिथी को आसन बाट बोल्दै जीवन प्रसाद आचार्य ले पोखरा -१६ भित्र का क्लब मध्य यो क्लब पनि कुनै भन्दा कम नभएको बताउनु भयो भने पहिलो खुला सत्र को कार्यक्रम लाई समाप्त गर्दै अध्यक्ष मनकाजी गुरुङ ले एकल नेतृत्व भन्दा आफुले सामुहिक नेतृत्व मा नै बिश्वास गरेको छु भन्नू भयो । नब  निर्बाचित समिती को नामावलि यस्तो रहेको छ ।

१- खेमराज आचार्य – अध्यक्ष

२- बिष्णु  कुमरी गुरुङ – उपाध्यक्ष

3- भिम प्रसाद आचार्य – सचिब

४-  मन्जु बस्याल-    सहसचिब

५-उषा कुमारी गुरुङ   -कोसाध्यक्ष

६ – त।रा बहादुर राना मगर-सदस्य

७-तेज मान गुरुङ  -सदस्य

८- आशिष् पौडेल-सदस्य

९- अर्जुन पौडेल–  सदस्य

१०- योगेन्द्र राज  भण्डारी –  सदस्य

११- कृष्ण गौचन – सदस्य

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: