Worldlink Communications

नेकपा माओबादी केन्द्र को शक्तिशाली संगठन वाइ सी यल कास्की को संयोजक:एंगेल्स कार्की

कार्तिक २०,कास्की

नेकपा माओबादी केन्द्र को शक्तिशाली भातृ संगठन YCL कास्की सयोजक को जिम्मेवारी :एंगेल्स कार्की ले पाउनु भएको छ । सानै उमेर देखि हकि स्वभाव प्रष्ट बिचार राख्ने, अन्याय को ससक्त बिरोध गर्ने गरिब सोसित पिडित माथी भएको थिचोमिचो को खुलेर बिरोध गर्ने  जुझारु युवा तत्कालीन समय मा शाही नेपाली सेना मा जागिर गर्ने क्रममा त्यहा भित्र को  अन्याय अत्याचार थिचोमिचो सहन नसकी आन्तरिक बिद्रोह र बिरोध गर्दै सेनाको जागिर छाडेर देस र जनता को मुक्ति को खातिर माओवादी आन्दोलन मा जोडिनु भएको हो

आज पनि त्यही र त्यसै को  निरन्तरताहरु को आवाज बोक्दै YCL सयोजकको जिम्मेवारी बहन गर्ने बिश्वास पार्टी ले उहालाइ दिएको छ । २०५८ साल देखि नै माओवादी आन्दोलन मा समाहित भएर विभिन्न जिम्मेवारी पदमा रहदै काम गर्दै आउदा २०७२ मा पार्टीको केन्द्रिय सदस्य तथा कास्की YCL को उपाध्यक्ष  हुनुभएको र २०७४ मा बरिस्ठ उपाध्यक्ष हुँदै अहिले कास्की को सयोजक बन्नुभएको हो ।

स्मरण रहोस उहाँको जन्म घर मादी गाउपालिका वार्ड न .५ हो भने त्यही बाट राजनैतिक जीवन सुरु गर्नु भएको थियो भने अहिले पार्टी कामको शिलशिला मा पोखरा १४ बस्दै आउनु भएको छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: