Worldlink Communications

सि टि इ भि टि द्वारा संचालित मन्टेश्वरी तालिमको समापन कार्यक्रम :जिल्ला समन्वयको हलमा

 

मंसीर ५,  पोखरा

पोखरा महानगरपालिका र सि.टि.ई.भि.टि को साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा भ्ऋम् फ्यासिलेटर ध्ष्तज मन्टेश्वरी कन्सेप्ट भिजनमा सञ्चालित ३ महिने तालिम अन्र्तगतको चार समूहको तालिम जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रमका बीच समापन गरिएको छ । अघिल्लो आ.व मा सञ्चालन भएका तीन महिने तालिमहरु कोभिड १९ को कारणले गर्दा निर्धारित समयमा सम्पन्न हुनसकेका थिएनन् । चार समुहमा गरि जम्मा ८० सहभागी रहेका तालिम समापन कार्यक्रममा सहभागीलाई  प्रमाणपत्र वितरण गरिएको थियो ।

मन्टेश्वरी तालिमको माध्यम बाट सिकाईको क्रममा बालमनोविज्ञान बुझि शिक्षण गर्न योग्य र दक्ष प्रशिक्षक उत्पादन भएकोमा खुशी व्यक्त गर्दै कार्याक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री माननीय जगत सुनार विश्वकर्माको आगामी दिनमा सिप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु  भएको थियो  ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्थानीय सरकार भएकाले आफ्नो जिम्मेवारी प्रति पूर्ण उत्तरदायि रहेको बताउँदै सिप सिकी सकेपछि स्वरोजगार बन्न चाहनेहरुको लागि महानगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सि.टि.ई.भि.टि गण्डकी प्रदेशका कार्यालय प्रमुख प्रमोद आचार्यले तालिम तालिमका लागि मात्र नभई सिप विकास गर्ने एक माध्यम बन्नुपर्ने बताएका थिए । गण्डकी प्रदेश सरकार र स्थानीय सरकार मार्फत् सिप लिएका व्यक्तिहरुलाई रोजगार बनाउनका लागि कार्यक्रमहरु अगाडि बढाउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।तालिमबाट सिप सिकेका ५० प्रतिशत भन्दा बढी प्रशिक्षार्थीलाई तत्कालै रोजगारीको व्यवस्था गर्न सकिने कुरा तालिम प्रशिक्षक मिलन के.सि ले बताउनु भएको थियो ।

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं गण्डकी बहुप्राविधिक शिक्षालयका सञ्चालक सदस्य चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले गर्नुभएको थियो  भने स्वागत मन्तव्य पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले  गर्नुभएको थियो  । पोखरा महानगर पालिकाद्धारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले आ.व. २०७७/०७८ मा एघार समूहको लागी छोटो अवधिको तालिम सञ्चालन गरेको थियो ।

-प्रकास अधिकारी

प्रतिक्रिया दिनुहोस्: