सराङकोट बहुउद्देश्यीय सहकारीले १५ औ बार्षिक उत्सव भब्य र सभ्य तरिकाले मनायो

सराङकोट बहुउद्देश्यीय सहकारीले १५ औ बार्षिक उत्सव भब्य र सभ्य तरिकाले मनायो

परिबर्तन न्युज
२५ मंसिर २०७८ बजे
परिबर्तन न्युज
२५ मंसिर २०७८

मंसिर २५,पोखरा

सराङकोट बहुउद्देश्यीय सहकारीको १५ औ बार्षिक उत्सवको अवसर मा  सराङ्कोट सहकारीले रक्तदान तथा रक्त परिक्षण  कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा १०५ प्वाइन्ट रगत सङक्लन भएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

सहकारी संस्थाले यसबर्ष शिक्षा र स्वास्थ्य संग सहकारी भन्ने उद्देश्य सहित पोखराका ६ वटा विधालयका ४ जना  बिधार्थीलाइ पोषाक  वितरण गरीएको थियो ।  रत्तदनल  कार्यक्रमको  शुभारम्भ कोषाध्यक्ष राममणि पौडेल, संचालक बुद्ध गुभाजु र  महिला सदस्य सान्तवना पराजुली लाई ब्लडब्याग हस्तानतरण गरी  कार्यक्रमको शुरु गरीएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालालेसहकारी मार्फत हुने हरेक कार्यक्रमहरुले समाजमा महत्वपूर्णभुमिका खेलेको बताउनु भयो ।स्वतन्त्र पत्रकार महासंघका केन्द्रिय सस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले आम संचारको भुमिकामा रेडियो सराङकोटको योगदान सम्मान योग्य रहेको बताउनु भएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा को अध्यक्षता मा भएको कार्यक्रम  मा पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी डा लक्ष्मण बास्तोला, संस्थाका सलाहकार डा. इन्द्र मान मर्हजन , इन्द्र कमल मानन्धर  मेडिप्लस हस्पीटलका अध्यक्ष रमेश कुमार थापा , जाल्पा देबी महिला उद्दार समुहका अध्यक्ष राधिका थापा ,सुविधा बचत  तथाऋण सहकारी का सचिव राजु पौडेल को उपस्थिति थियो ।

त्यस्तै गरि पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली ,सृजना विकास  केन्द्रका अध्यक्ष इन्द्र पौडेल, क्षत्रीय रत्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, रेडियो सराङकोट का निर्देशक शिव बहादुर  थापा संगम मार्ग टोल  संस्था का  पूर्व अध्यक्ष चिन्तामणि बास्तोला, संथाका  उपाध्यक्ष बसन्त  बहादुर बानिया , सचिव कुल प्रशादसुवेदी कार्यक्रम  संयोजक  माया कुमारी शर्मा ,ब्यस्थापक सुरेन्द्र थापा , रेडियो का ब्यस्थापक  योगेन्द्र श्रेष्ठ, आकस्मीक  रत्त दातासमुहका ब्यवस्थापक नेत्र ढकाल  लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज