Top Header Ad 1

सवारी दुर्घटनामा परि नेबि संघ का पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको निधन

सवारी दुर्घटनामा परि नेबि संघ का पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको निधन

परिबर्तन न्युज
१ असार २०८३ बजे
परिबर्तन न्युज
१ असार २०८३

असार १, पोखरा,

नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य एवम् पोखरा १९ तल्लाकोट का राजिब बांस्तोलाको हिजो आइतबार दिउँसो करिब ५ बजेको समयमा सवारी दुर्घटनामा परि उपचारका क्रममा निधन भएको छ।

Advertisement:Ad
Advertisement:Ad

पोखराको मुख्य बजारक्षेत्र सृजनाचोक र सभागृहचोकको बिचमा भएको दुर्घटनामा परि उहाको मृत्यु भएको हो।  नेपाली काँग्रेसको बिधार्थी संगठन नेपाल बिधार्थी संघमा लामो समय सक्रिय रहँदै आउनुभएका उहाँ यस अगाडी नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत लिइ सक्नुभएको थियो।

आइतबार दिउँसो कास्की जिल्ला सहकारी संघमा आयोजित तालिममा सहभागी भएर फर्किने क्रममा पोखरा -८ सृजनाचोक नजिक बा. प्र. ०३- ००१ -क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले साँझ साढे पाच बजेतिर ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।

सडकमा एकै दिशामा गैरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको कारण सडकमा लडेका बाँस्तोलालाई केही मिनेटमा नै नजिकैको मेट्रो सेटिङ अस्पतालमा लगिएको भएपनि टाउकोमा गहिरो चोट लागेको उहाँलाई उपचार प्राय असम्भव नै भएको कारणले उपचार गर्ने क्रममा डाक्टरले बाध्य भएर मृत घोषणा गरेका थिए।

बास्तोलाको शव पोस्टमार्टमको लागि पोखराको मणिपाल अस्पताल मा लागिएको छ। आज सोमबार बिहान पोस्टमार्टम गरेपछि अन्त्येष्टिको लागि लगिने आफन्तहरूले जानकारी दिनुभएको छ। कास्की जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परेका मोटरसाइकल र गाडी दुबैलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको र गाडी चालक मकवानपुर जिल्ला हेटौंडा घर भएका ४० बर्षका राजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

३२ बर्षीय राजिब बाँस्तोला नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एबम कास्की क्षेत्र न.३का नेता खिमलाल बाँस्तोला का एकमात्र छोरा हुनुहुन्छ। खिमलालका अन्य दुई छोरीहरु रहेको र उनीहरु बिबाहित भएपनि राजिब बाँस्तोला भने अबिबाहितनै हुनुहुन्थ्यो। नेपाली काँग्रेस पोखरा -१९ का सभापति विष्णुप्रसाद बाँस्तोलाका अनुसार नेपाली काँग्रेसमा निरन्तर सक्रिय बाँस्तोलाको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षती पुगेको बताउनुभयो।

घटनास्थलमा नेपाली काँग्रेस र बिभिन्न भातृसंस्थाका नेता कार्यकर्ता सहित नेकपा एमाले लगायतका दलका नेता कार्यकर्ताहरु समेत अस्पताल परिसर पुगेका थिए।बाँस्तोला दुर्घटनामा परेको खबर सार्बजनिक भएपछि नेपाली काँग्रेसका नेताहरु सहित बिभिन्न भातृसंस्थाका नेता कार्यकर्ताहरुको सृजनाचोक स्थित मेट्रो अस्पताल परिसरमा उल्लेखनीय उपस्थिति देखिन्थ्यो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज