Worldlink Communications

बिन्ध्यबासिनी मा बि पोखरा ले हिरक जयन्तिको पुर्बसन्ध्यामा पत्रकार भेट गर्यो

पौस २१ ,पोखरा

पोखरा महानगर पालिका वार्ड न.१६ मा रहेको श्री बिन्ध्यबासिनी मा बि  बिक्रम सम्बत २००४ भाद्र १२ गते सबैले शिक्षा पाउनु पर्छ भन्ने  मान्यता का साथ्  भाषा पाठसालाको रूपमा स्थापना भएको सो बिधालय ले आज पचहत्तर बर्स प्रबेस गरेसंगै हिरक जयन्ति मनाउने महत्वपुर्ण  समय मा प्रबेस गरेको छ |

यस बिधालयको सस्थापक प्रधानाध्यापक को रुपमा प.मुक्तिनाथ शर्मा हुनुहुन्थ्यो भने उहाँ समाज परिबर्तन को सम्बाहक को रुपमा आज पनि सबैले सराउने इतिहास सबैको मनमनमा जगजाहेर छ भन्ने हरु देखि आज सम्म आइ पुग्दा खेप्नु परेको विभिन्न आरोह अबरोह सुख दुख झेल्दै यहासम्म आइपुग्दा सम्म  राम्रो भूमिका खेल्ने सामाजिक बिद्दत बर्ग, शिक्षक, बिधार्थी,समाजसेबी सबैलाइ नमन गर्दछौ भन्दै शुरु गरिएको  पत्रकार भेट कार्यक्रममा पोखरा का पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो। एक कक्षा मा जम्मा २३ जना विद्यार्थी  बाट प्रारम्भ भएको स्कुल २०१४ सालमा नि मा बि र २०१८ सालमा मा बि को रुपमा स्तर उन्नति हुँदै  अगाडि बढेको स्कुलले २०२१ मा एस एल सी मा ७ जना समील्लित भएका थिए |

२०५६  कार्तिक यस बिधालयले आफ्नो ५०औं बर्स स्वर्णमहोत्सव भब्य र सभ्य रुपमा मनाएको थियो |बिधालय को स्तर उन्नति को लागि २०५७ मा श्रीमदभागबत महापुराण जस्ता कार्यक्रम गर्दै आउदा बि.स.२०७६ को SEE मा सामुदायिक बिधालयको तर्फ बाट प्रदेस मा तेस्रो र जिल्ला मा दोस्रो भएको यस बिधालय मा अहिले सम्म आइ पुग्दा शिशु कक्षा देखि १२ कक्षा सम्म  १२०० बिधार्थी ,कर्मचारी ८३ जस्मा ५६ जना निजि श्रोत बाट हुनुहुन्छ | स्मरण रहोस अहिले यस बिधालय मा बिज्ञान बिसय पनि शिक्षण सुरु  गरियको छ |

प्रदेस संगै जिल्लामै सामुदाइक बिधालयको दुनियामा आफ्नो छुटै पहिचान बनाएर आयको यस बिधालयले हिरक जयन्ति मनाइरहदा २६  गते बिहान ८;०० बजे  यस बिधालय को वरपर बसोबास गर्ने बिभिन्न जनजातिहरुको अआफ्नो भेस्भूसा  रिरिवाज परम्परा  र पहिचान जनाउने खालको बाजागाजा झाकी बाध्यबादन भजनकृतन सहित उपस्थिति जनाउने प्रभातफेरी कार्यक्रम गरिने बताइएको छ भने २७ गते बिहान सामाजिक उत्तर दाइत्व पुरा गर्ने हेतु ले बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना गरेको यस बिधालयले २७ गते नै नेपाल सरकारका सिक्षा मंत्री माननीय श्री देबेन्द्र पौडेल को प्रमुख आतिथ्य मा हिरक जयन्ति को समुदघाटन गर्ने कार्यक्रम भएको जानकारी गराउनु भएको थियो |

स्मरण रहोस  हिरक जयन्ति लाइ सफल बनाउन लागि बिधालय ब्यबस्थापन समिति का अध्यक्ष  चन्द्रा थापा ,सदस्य सचिब प्र .अ. कृष्ण  प्रसाद आचार्य  र क्रमस :सदस्यहरुको महत्वपुर्ण भूमिका त छ नै अझै घनिभूत सफल बनाउन  ७५ वटा समिति र चुस्तदुरुस्त कामा गर्न सजिलो होस भनेर २८ सदस्य सचिबालय निर्माण भएको छ भने ७५वटा समिती हरुको आधारमा थप सदस्य सहित उपसमिति पनि बानाएको बताउनु भएको थियो भने हिरक जयन्ति चैत्र मसान्त सम्म बिभिन्न प्रतियोगिता गरि सम्पन्न  गरिने हिरक जयन्ति  को अनुमानित खर्च एकचालिस लाख दस हजार लाग्ने जानकारी गराइएको थियो |

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: