Top Header Ad 1

अन्तत सरकार जेठभित्रै चुनाव गर्ने मोडमा

अन्तत सरकार जेठभित्रै चुनाव गर्ने मोडमा

परिबर्तन न्युज
१६ माघ २०७८ बजे
परिबर्तन न्युज
१६ माघ २०७८

माघ १६, काठमाडौँ

Advertisement:Ad

अन्तत गठबन्धन सरकारले जेठ भित्र नै स्थानीय चुनाव गर्ने मोडमा पुगेको छ। सरकारले विभिन्न बहानाबाजी गरेर चुनाव सार्न खोजेपनि चौतर्फी  दबाबका कारण स्थानीय चुनाव जेठभित्रै गर्ने मोडमा पुगेको हो।

हिजो बसेको गठबन्धन सरकारको बैठकले स्थानीय चुनाव कसरी गर्दा आफूलाई र आफ्नो पार्टीलाई फाइदा हुन्छ भनेर आत्मकेन्द्रित निर्णय गर्छ भनेपनि अन्तत गठबंधन सरकारलाई स्थानीय चुनाव गर्नुपर्ने चौतर्फी दबाब परेको छ ।

यो चौतर्फी दबाबले उनीहरु जेठभित्रै चुनाव गर्ने मोडमा पुगेका हुन् एका तिर राष्ट्रपतिको दबाब अर्कोतिर निर्वाचन आयोगको दबाब थियो भने गठबन्धन लाई सहयोग गर्ने भनेर बोलाइएका कानुनविद्हरू बाट पनि आफ्नो स्वार्थका लागि चुनाव कुनै पनि मानेमा सार्न नहुने भनेर अनुरोध गरेपछि गठबन्धन सरकार चौतर्फी घेराबन्दीमा परेपछि जेठभित्रै चुनाव गराउने मोडमा पुगेको देखिन्छ।

आफ्नो फाइदाको लागि तिनै तहको चुनाव एकैपटक गर्नुपर्छ भनेर लागेको गठबन्धनको सरकार एकाएक अब जेठभित्रै चुनाव गराउनु पर्छ भन्ने मोडमा पुग्नुले कानुनको संवैधानिकतामा विश्वसनीयता आएको मान्न सकिन्छ ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज