Worldlink Communications

एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय -प्रचण्ड

फागुन ४,काठमाडौं

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको सो दलको बैठक एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो।

बैठकले सरकारले जबरजस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकार बाट बाहिरिने निर्णय पनि गरेको छ। बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको जानकारी दिनुभयो ।

यो विषयमा सकेसम्म सबै दलहरु मिलेर जानुपर्छ मोटोपनले त्यो पानि नभएमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ गुरुङले भन्नुभयो। सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एमसीसी सदन मा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएको छ नि भन्ने विषयमा उहाँले भन्नुभयो सरकारमा रहेका दलहरूबीचमा सहमति नभई पेस गर्ने कुरा गठबन्धन तोडेर जाने कुरा हो। त्यस्तो भयो भने सरकारमा रहने रहने कुरै हुँदैन भन्नुभयो।

त्यसो त आज दिउसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूची समेत सार्वजनिक भइसकेको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सो सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन। यद्यपि आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता पेस हुने चर्चा छ।

– प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: