Worldlink Communications

अर्मला प्राथमिक स्वास्थ्य केन्द्र पोखराको नवनिर्मीत भवन भुपु स्वास्थ्य मन्त्री खगराज अधिकारी बाट उद्घघाटन

फागुन ७,पोखरा

पोखरामा महानगरपालिका वाड नम्बर १६ अर्मलामा प्राथमिक स्वास्थ्य केन्द्र को नवनिर्मित भवन भूतपूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी को प्रमुख आतिथतामा उद्घघाटन गरिएको छ।

संघीय संसद तथा भूतपूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको प्रमुख अतिथ्यता र विशिष्ट अतिथिहरु गण्डकी प्रदेश सांसद एवं कानुन न्याय तथा सूचना मन्त्री विन्दुकुमार थापा, प्रदेश सांसद कृष्ण बहादुर थापा लगायत विभिन्न अतिथिहरूको उपस्थितिमा नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घघाटन गरिएको थियो । अर्मला प्राथमिक स्वास्थ्य केन्द्र का अध्यक्ष अर्थात पोखरामा नगरपालिका वाड नम्बर १६ का वडा अध्यक्ष जीवन    प्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रम शेर बहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।

संघीय संसद खगराज अधिकारीले आफु स्वास्थ्य मन्त्री भएको समयमा धेरै चुनौतीहरूको बाबजुद यस नवनिर्मीत स्वास्थ्य केन्द्रको भवन बनाउन आफूले सक्दो प्रयास गरेको कारणले नै  अहिले उद्घाटन गर्न तपाईहरुले बोलाउनु भएको महसुस गरेको छु भन्नुभयो फेरिपनि आफूले सक्दो स्रोत साधन हरूको उपयोगिता बुझेर थप सहयोग गर्ने बताउनुभयो ।

विशिष्ट अतिथिहरुको को आशनबाट विन्दु कुमार थापाले आफू यही क्षेत्रको सांसद भएको नाताले वास्तविकता लाई बुझेर के गर्नुपर्छ त्यो जसरी पनि गर्ने बताउनुभयो । त्यसैगरी अर्का विशिष्ट अतिथि सांसद कृष्णबहादुर थापाले आफु स्थानीय अझै यहि वडाको संसद भएको हुनाले विगतमा पनि थुप्रै कामहरु गरेको र अझै थुप्रै कामहरु गर्न बाँकी छन ति सबै बिस्तारै पुरा गर्ने बताउनुभयो ।

नवनिर्मित भवन को उदघाटन कार्यक्रममा स्वागत मन्तब्य दिदै अर्मला स्वास्थ्य केन्द्रका मेसो महेन्द्र बहादुर गुरुङले अब स्वास्थ्य भवन मात्र भएर पुग्दैन यसका निम्ति स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू देखि ति सामाग्री चलाउन जान्ने व्यक्ति को  आवश्यकता छ डाक्टर हरूको आवश्यकता छ हामीसँग साधनहरु मात्र भएर  साधनहरु चलाउन सक्ने क्षमतावान म्यानपावर नभएको हुनाले केही सामग्रीहरूको त्यसै थन्किएर बसेको बताउनुभयको थियो ।

कार्यक्रमको अन्तमा पोखरामा नगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रको आजको नवनिर्मित भवनको उद्घघाटन कार्यक्रमको अध्यक्षता गरिरहनुभएका जीवनप्रसाद आचार्यले आफुले यो स्वास्थ्य केन्द्र बनाउन धेरै प्रयास गरेर निर्माण गरेको भएपनि को विबिध कारणले गर्दा उद्घाघाटन गर्न ढिलाइहुन गएको मा दुःखेसो गर्नुभएको थियो। स्थानीयबासीहरु सग सरसल्लाह गरेर विशेष गरी राजनैतिक व्यक्तित्वहरू जो  सक्रिय रुपमा भवन निर्माण कार्यमा जुट्ने युवा पंक्तिहरु सँग सरसल्लाह गरेर तयगरियको कार्यक्रम निकै छोटो समयमा आयोजना गरिएको भएपनि विविधहरुले गर्दा पूर्ण तयारी हुन नसक्दा नसक्दै पनि आजको यो कार्यक्रम राम्रोसँग उल्लासमय तरिकाले गरिएको र सफल भएको बताउनुभयो।

आगामी दिनमा यस स्वास्थ्य केन्द्र मा अपुग सामग्री स्वास्थ्य सामग्रीहरु नपुगेका सबै सामानहरू उपलब्धता गराउनको निम्ति आफूले सम्बन्धित निकायमा पहल गरेको र अझै पनि गर्ने बताउनुभयो र जनतालाई आश्वस्त पार्नु भयको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: