Worldlink Communications

महाप्रबन्धक ईश्वर प्रसादले कर्मचारीलाई अनुशासनमा रहेर कार्यालय प्रमुखले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन

फागुन १३,पोखरा

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले आफ्नो मातहतका कर्मचारीलाई अनुशासनमा रहेर कार्यालय प्रमुखले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।

जापान सरकार जाइकाको अनुदान तथा नेपाल सरकारको तर्फबाट खानेपानी संस्थानलाई ऋण अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी काम के कसरी भएको छ बुझ्न पोखरा आएको उहाले जानकारी दिनुभयो ।

खानेपानी संस्थान पोखरा शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाले करार तथा ज्यालादारीमा कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया मा लैजाने बताउनुभयो ।

महाप्रबन्धकले  कामचोर तथा हाजिर गरेको भरमा संस्थानको जिम्मेवारी लिएको भए संस्थान छोड्नअनुरोध गर्नु भयो । व्यवस्थापन, सञ्चालक समिति र कर्मचारी सबैको दायित्व आ–आफ्ना स्थानमा उत्तिकै भएको बताउनुभयो सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्दै जिम्मेवारीका साथ भूमिका निभाउन सक्नुपर्ने बताए । उहाले व्यवस्थापन र कर्मचारी मिले मात्र संस्थान राम्रो बन्ने अगाडि बढने बताउनुभयो ।

नेपाल खानेपानी संस्थान पोखरा शाखा कार्यालयका प्रमुख ई. आशीष कार्कीले उपभोक्तालाई सेवा दिने दायित्व संस्थान र कर्मचारीको भएकोले सबै मिलेर प्रभावकारी सेवा दिनुपर्ने बताउनुभयो ।

अनुगमनकै क्रममा पोखरा बिन्धीबासिनी इकाइ कार्यालय पुग्नु भएका महाप्रबन्धक ईश्वरलाई इकाइ कार्यालयले स्वागत गरेको इकाइ प्रमुख ई. सन्तोषकुमार दासले हामीलाई बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: