Worldlink Communications

अस्ट्रेलियामा आएको बाढीले ११ जनाको ज्यान लियो

फागुन १८,ब्रिसबेन

अस्ट्रेलियाको पूर्वी प्रान्त मा अचानक आएको बाढीले मृत्यु हुनेको संख्या  ११ पुगेको छ ।

बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये ८ जना क्विन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच सहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।

अस्ट्रेलियामा बस्दै आउनुभएका सुरेन्द्र बास्तोला का अनुसार अहिले हामीहरू बसेको घर भित्रै पानी पसेको छ। हामी डाँडोमा रहेका पहाडमा रहेका अलि अग्लो ठाउँमा गएर होटलहरुमा बसेका छौं अहिलेसम्म प्राप्त समाचार अनुसार ११ जनाले ज्यान गुमाएको भए पनि नेपालीहरु सबै सुरक्षित नै रहेको बताउनुभयो ।

अष्ट्रेलियन पत्रपत्रिका अनुसार गएको हप्ता देखि क्विन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सको जनजीवन अत्यधिक वर्षापछिको बाढीका कारण निकै प्रभावित भएको छ । उक्त क्रम यो साता पनि जारी रहने मौसम पूर्वानुमान कार्यालयहरूले जनाएका छन् ।हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागमा भारी वर्षाद्वारा आउन सक्ने विपत्तिको पूर्वानुमान गरिएको छ । यी क्षेत्रहरूमा आगामी ६ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: