Top Header Ad 1

प्रधानमन्त्री कार्यालयबाट सचिव लाई धम्की दिने प्रकाश खड्कालाई कारबाही गर्न निर्देशन

प्रधानमन्त्री कार्यालयबाट सचिव लाई धम्की दिने प्रकाश खड्कालाई कारबाही गर्न निर्देशन

परिबर्तन न्युज
२ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२ जेष्ठ २०८३

जेठ २,काठमाडौँ

प्रधानमन्त्री कार्यालयबाट फोन गरेको भन्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई  काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाइ प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ।

खड्काले म प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिव भण्डारीलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट पारेको छ।

Advertisement:Ad

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै खड्कालाई आवश्यक कारबाहीका लागि कडा निर्देशन दिइएको जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज