Worldlink Communications

पोखरा महानगरपालिका वडा न. २४ र २६ मा नेपाली काँग्रेसको अग्रता

जेठ ३,पोखरा

पोखरा महानगरपालिका स्थानिय तहको निर्वाचन मत गणनाको अहिले सम्म भएको जानकारी अनुसार पोखरा २४ र २६ दुवै वडाका अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीले अग्रता लिएको छ  ।

२४ मा एमालेका वडा अध्यक्षले १ हजार १ सय ७० पाउनुभएको छ भने कांग्रेसका उम्मेदवारले १हजार २ सय ७३ मत पाउनुभएको छ माओवादीका वडा अध्यक्ष ले  भने १० मत पाउनुभएको छ।

एमाले महिला सदस्यले १ हजार १ सय ३७ छ भने कांग्रेस महिला सदस्यले १हजार १५ छ भने माओवादी महिला सदस्यले  ८सय ७४मत पाउनुभएको छ।

एमाले दलित सदस्यले १ हजार १ सय ६८ मत पाउनुभएको छ, कांग्रेसका दलित सदस्यले  १ हजार १५ पाउनुभएको छ भने  माओवादी दलित सदस्यले भने २२ मत पाउनुभएको छ ।

पोखरा २६ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ६ सय ५७,काग्रेसका उम्मेदवारले अध्यक्षमा १ हजार ८४,माओवादीले वडाअध्यक्षमा ३४ मत पाउनुभएको छ।

एमाले महिला सदस्यले ८ सय १२ ,नेपाली कांग्रेस महिला सदस्य ले ८ सय ८० मत पाउनुभएको छ भने नेकपा माओवादीका का महिला सदस्यले ४६ मत पाउनुभएको छ।

एमाले दलितमहिला सदस्यले ७ सय ७०, नेपाली कांग्रेस दलित सदस्यले ९ सय ५ र नेकपा माओवादीका दलित महिला सदस्य ५९ मत पाउनुभएको छ।

नेकपा एमाले का खुल्ला सदस्यले ७ सय ६०र अर्को खुल्ला सदस्य ले ७ सय ५८ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका खुल्ला सदस्यले ८ सय २३ र अर्को खुल्ला सदस्यले ७ सय ६६ मत पाउनु भएको छ। त्यस्तै गरि नेकपा माओवादी बाट खुला सदस्य बाट  ७१ र अर्को खुल्ला सदस्य ५४ मत पाउनुभएको मतदान अधिकृतले हामिलाइ बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: