Worldlink Communications

पोखरा महानगरपालिका वडा नं १९ मा वडा स्तरिय बाल क्लव गठन सम्पन्न-अध्यक्ष रन्जु बास्तोला

साउन २० पाेखरा

पोखरा महानगरपालिका वडा नं १९ मा वडा स्तरिय बाल क्लव गठन सम्पन्न भएको छ अध्यक्ष रन्जु बास्तोला।

पोखरा महानगरपालिका वडा न.१९  भित्र रहेका १० वटा सामुदायिक बिध्यालय मघ्ये ८ वटा बिध्यालयमा अध्यनरत बिध्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरु ,वडा सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम पोखरा महानगरपालिका वडा न.१९ का अघ्यक्ष पुस्पेन्द्र पाण्डेको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन वडा सचिब श्रीराम पौडेलले गर्नुभएको भएको थियो ।

पोखरा महानगरपालिका वडा नं १९ मा वडा स्तरिय बाल क्लव गठन बाट निर्वाचित प्रतिनिधिहरुमा अध्यक्ष रन्जु बास्तोला,उपाध्यक्ष प्रमिशा पौडेल,सचिव कैलाश तिवारी,सहसचिब मिरा छन्त्याल,को षाध्यक्ष सृजित आचार्य, सदस्यहरुमा क्रमश: समृद्धि पौडेल, बिजय पौडेल, बिलोचन गौतम, संगम बिक ,अंशु गौतम ,बिरधन घर्तीमगर, शिशिरपुन घर्तीमगर, बिबेक बिक, सोनिया अधिकारी, आयुषा बास्तोला, आयुष आचार्य र अंकित बास्तोला हुनुहुन्छ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: