Worldlink Communications

ऐतिहासिक,सांस्कृतिक र धार्मिक परम्परा संरक्षण गर्न सबै एक हुनुपर्ने मन्त्री बरालको भनाइ

भदौं १०, पोखरा

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल ले पोखरा महानगरपालिका वडा नम्बर १मा भए हुनेगरेका र हुदैचल्दै आएका ऐतिहासिक सांस्कृतिक र धार्मिक परम्परा को संरक्षण गर्ने बिषयमा सबै एक हुन पर्ने बताउनु भयो सो विषय इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेउलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको समुद्घाटन गर्दै मन्त्री बरालले सो कुरा बताउनु भएको हो ।

ऐतिहासिक महत्व बोकेका हरेक चार्डपर्ब, रितिरिवाज को संरक्षण को निम्ति सबै मा एकताको खाँचो भएको मन्त्री बरालले बताउनुभयो। ऐतिहासिक बस्तुहरुको व्यबस्थापन गर्न पोखरा १ मा बसोबास गर्ने सम्पूर्ण जनता लाग्नु पर्नेमा जोड दिनुभयो । पोखरा वडा नम्बर १ को राष्ट्रिय मावि, टुडिखेलको महत्वपूर्ण सार्वजनिक जग्गा संरक्षणको लागि पनि एकिकृत ढंगले अघि बढ्नुपर्छ भन्नुभयो ।

महिला हरुको पर्व हरितालिका तिजको महत्व विस्तारै घट्दै गइ िि  तिजको नाम मा  विकृति विसंगति भित्र िि भित्रीए को मा चिन्ता  व्यक्त गर्दै मन्त्री बरालले यस विषयमा समयमै सबै वर्गको चेत  आउनुपर्ने बताउनु भयो । एकातर्फ हेर्दा हरितालिका तिज सास्कृतिक पर्व हो भने अर्को तर्फ यो पर्व विकृतिको रुपमा भड्किलो हुन थालेको छ, यसमा हामी सचेत हुनुपर्छ भन्नुभयो।

गण्डकी प्रदेश विकास समिति का अध्यक्ष दीपक कोइरालाले फरक किसिमको चाडपर्व, रीतिरिवाज, रहनसहन, भेषभुषा प्रयोग गरेर  पर्ब को मर्म अनुसार नेपाली पन झल्कने गरि मेला महोत्सवले आफ्नै नेपाली उत्पादन र नेपालीपन झल्कनी  शब्द हरु सहित को भाषा साहित्य  प्रयोग गर्नुपर्ने बताउनु भयो ।

इन्द्रेणी🌈 समाजका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको  पहिलो उद्घाटन सत्रमा पोखरा १ का वडा सदस्य शोभा गुरुङ, राष्ट्रिय माविका प्राचार्य कृष्ण उदासी, मेलाकी आमा समुह समन्वय समितिका अध्यक्ष राधादेवि पराजुली, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, उपाध्यक्ष निरजविक्रम राण लगायतले बोल्नुभएको थियो ।

भदौं १६ गतेसम्म चल्ने मेलामा विभिन्न व्यापारीक स्टल, मौलिक तिज गित प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खुल्ला तिज गृहिणी नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने भएको प्रचार संयोजक रोहितराज पराजुलीले बताउनु भयो ।

उद्घघाटन सत्रको पूर्व सन्ध्यामा पोखरामा झाँकी सहितको प्रभात फेरी निकालिएको  थियो भने ज्ञानुबाबा मावि झाँकी तर्फ उत्कृष्ट घोषित भएको थियो भने भेषभुषमा क्षेत्रि समाजका महिला इकाई पोखरा एक उत्कृष्ट र अनुशासित र लगनशील ता मा नेवाः मिस पुचः पोखरा १ घोषित भएको समाजले बताएका  थिए ।

स्मरण रहोस भोलि ११ गते कृष्ण ,अम्मर धिताल, सुनिता नेपाली, निसा पोखरेल लगायतका कलाकारको बेजोड प्रस्तुती रहने कुरा सस्थाका महासचिव बसन्त बास्तोलाले परिवर्तन न्युज डट कम लाइ  बताउनु भयो  ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: