Worldlink Communications

पोखरामा उद्योगि व्यवसायीहरु बिचको चुनावी सरगर्मी बढ्यो,समस्या टिप्दै भोट माग्दै -अर्जुन पोखरेल प्यानल

भाद्र १६, पोखरा

पोखरा उद्योग वाणिज्य संघका को यहि भाद्र २४ र २५ गते हुने महाधिवेशन बाट नेतृत्व लिन अर्जुन पोखरेल को  प्यानल ले घरदैलो कार्यक्रम निरन्तर गरिराखेको छ। सबैले हातमा डायरी बोकेर हिँडेका उनिहरु ले भोट मात्र मागेको छैनन व्यवसायीले के के भन्नु हुन्छ आबस्यकता अनुसार टिप्दै पनि हिडनु भएको छ।

प्रचारप्रसार गर्दै जाने क्रममा टोलि अमरसिंह चोकमा पुग्दा त्यहाँ  एक व्यवसायी आफैंले बाहिर समान राख्न को लागि बनाएको स्थानमा आफैले सामान राख्न नपाउँदा, समान प्रदर्शन गरेर बिक्रि गर्न नपाउदा घाटा परेको, ब्यापार कम भयको बताउनु भयको थियो । उहाको समस्या उम्मेदवार केशब बहादुर खत्री र हर्क बहादुर केसीले टिप्नु  भएको थियो।उद्योगी व्यवसायीका समस्या यसरी टिपेर राखेपछि  समाधान गर्न सजिलो हुने र यसरी काम गर्छु भनेर हिडेको प्यानललाइ मतदाताले आफ्नो अमुल्य मत अबस्य दिने विश्वास गरेको पदाधिकारी हरु बताउनुहुन्छ ।

व्यवसायीका समस्या र गुनासाहरु विशेषगरी घरभाडा, बैंकको ब्याज र ब्यापार घाटा लगायतका विविध समस्या रहेको गुनासो टिपिरहनु भएका उप महासचिव पदका उमेदवार हर्क बहादुर अधिकारी ले परिबर्तनन्युज लाइ बताउनु भयो। उहाँको अनुसार हिजो बिहान प्रचारप्रसार गर्न हिडेको टोलि बुद्धचोक,अमरसिंह चोक,हस्पिटल चोक,माटेपानी चोक ,शितलादेवी ,रानीपौवा ,फूलबारी, मणिपाल, महेन्द्रपुल,सिद्धार्थ चोक लगायत विभिन्न स्थानमा पुगेर प्रचारप्रसार गरेको बताउनुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: