Top Header Ad 1

कास्किमा वैदेशिक रोजगार गएर दु:खद निधन भएका परिबार का छोराछोरी लाइ छात्रवृत्ति बितरण 

कास्किमा वैदेशिक रोजगार गएर दु:खद निधन भएका परिबार का छोराछोरी लाइ छात्रवृत्ति बितरण 

परिबर्तन न्युज
२९ भाद्र २०७९ बजे
परिबर्तन न्युज
२९ भाद्र २०७९

भदौ २९, पोखरा

कास्की जिल्लाबाट २०७८ सालको वैदेशिक रोजगार छात्रवृत्तिका लागि आबेदन दिएर छनोट भएका बिद्यार्थिहरुलाइ बुधबार छात्रवृत्ति बितरण गरिएको छ। जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले विशेष कार्यक्रमका बिच उक्त छात्रवृत्ति बितरण गर्नु भयको हो ।

Advertisement:Ad

लिलधर पौडेलले छात्रवृत्ति पाएर अध्ययनका लागि जानको लागि यथेष्ट रकम नभएपनी केही सहयोग अबश्य पुग्ने बताउदै सो दायारा बढाउन आफ्नो निकाय प्रयत्नशिल रहने बताउनु भयो ।

उहाले रोजगारिको खोजिमा बिदेशिएका नेपालिहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य गर्ने एकमात्र उपाय स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने  बताउनु भएको थियो।

कार्यक्रममा कास्की जिल्लाबाट छात्रवृत्तिका लागि आबेदन दिएका मध्ये छनोटमा परेका ६० जना बिद्यार्थिहरुलाइ सो छात्रवृत्ति प्रदान गरिएको शिक्षा बिकास समन्वय इकाई कास्किका प्रमुख उप – सचिब नारायण प्रसाद सुबेदिले बताउनु भएको थियो । गत बर्ष ७० जनाले आबेदन दिएकोमा मापदण्ड पुगेका ६० जना वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट छनोटमा परेको बताउनु भएको थियो।

स्मरणीय कुरा  बैदेशिक रोजगारका क्रममा जीवन गुमाउन पुगेका ब्यक्तिहरुका आश्रीत परिबारका बढिमा तीन जना सम्म १८ बर्ष मुनिका बिद्यार्थिहरुलाइ बोर्डले आबेदनका आधारमा बार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराउने गर्दछ ।जसअनुसार पूर्ब प्राथमिक तह देखि कक्षा आठ सम्मका बिद्यार्थीहरूका लागि बार्षिक आठ हजार र कक्षा ९ देखि १२ सम्मका बिद्यार्थिहरूका लागि रू १२ हजार छात्रवृत्ति प्रदान गर्ने गर्दछ।

कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल ,शाखा   अधिकृत  प्रकाशबन्धु अर्याल र भरत बराल र बिद्यार्थि हरु को तर्फ बाट पुजन  परियार र अन्जन कार्की ,अभिभावक महेश्वरी भण्डारी बास्तोला लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज