Top Header Ad 1

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवादमा बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको, कालापानी र लिपुलेकको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित, छिमेकी देशहरूसँग प्रमाणका आधारमा छलफल गरेर सीमा समस्या हल गरिने

परिबर्तन न्युज
७ असार २०८३ बजे
परिबर्तन न्युज
७ असार २०८३

असार ७, काठमाडौं

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेको बारे आज चितवन पुगेर स्पष्टीकरण दिनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाले यसबारे स्पष्टीकरण दिनुभएको छ ।संसद्‌मा उहाले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएको बिषयमा दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रति प्रश्न गर्नुभएको थियो।

सीमाको बारेमा ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’भन्दै प्रष्ट पार्नुभयो।छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने बताउँदै ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं राष्ट्रियताप्रति कसैले पनि आशंका गर्न पर्दैन भन्नुभयो

हामीले जोसुकैसँग जतिखेर पनि निउ खोज्दैनौ तर जसले सरकारी सम्पत्तिको दोहन गरेको छ त्यो विषयमा कसैसँग निहुँ खोज्नुपरे खोज्ने बताएका छन् ।आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा बताउनुभएको थियो।

विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए । निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियार लाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने ।उनले आफ्नो पार्टी विकासवादी पार्टी भएको जिकिर गर्नुभएको थियो।

सम्बोधन गर्ने प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो पार्टी विकास वादी पार्टी हो । काम गर्ने पार्टी हो । अगाडी बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना पुराना कुरा लिएर निउँ खोज्दै बस्ने होइन,’ उनले भने, ‘निउँ खोज्नै पर्ने अगाडि बढ्दैगर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निउँ खोज्न जरुरी छ ।’भन्दै कार्यक्रममा धेरै नबोल्ने बताउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै