Top Header Ad 1

कास्की जिल्लाका सामुदायिक क्याम्पसहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कास्की जिल्लाका सामुदायिक क्याम्पसहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

परिबर्तन न्युज
५ असार २०८३ बजे
परिबर्तन न्युज
५ असार २०८३

असार ५, पोखरा

कास्की जिल्लाका सामुदायिक क्याम्पसहरूका छात्राहरुबीच वक्तृत्वकला प्रतियोगिता कन्या क्याम्पस, पोखरा नदिपुरको प्राङ्गणमा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सर्कल कन्या क्याम्पस पोखराको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा
आयोजित उक्त कार्यक्रममा सर्कलका अध्यक्ष सोनियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका मन्त्री सन्तोष अधिकारीले केही सामुदायिक क्याम्पसहरुमा मात्र रेडक्रस सर्कल गठन भएकोमा कन्या क्याम्पसमा पनि रेडक्रसको उपस्थितिले निकै प्रभावित भएको बताउदै जिल्लाबाट आवश्यक सहयोग प्रदान गर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथी कन्या क्याम्पस पोखराका सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लले छात्राहरुमा पढाईको अतिरिक्त समाजसेवाको भावना पनि रहनु पर्ने बताए कार्यक्रममा दस वटा सामुदायिक क्याम्पसका १४ जना छात्राहरु सहभागी भएका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा चन्द्रावती वाग्ले सदस्यहरुमा बसन्त चालिसे र छन्दमणी त्रिपाठी रहनु भएको थियो ।

प्रतियोगितामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका छात्रा ममता भूसाल प्रथम, सोही क्याम्पसका छात्रा सदिक्षा अधिकारी द्वितिय, जनप्रिय बहुमुखी क्याम्पसका छात्रा चाँदनी श्रेष्ठ तृतिय र कन्या क्याम्पस पोखराका छात्रा करुणा छन्त्याल र कालिका बहुमुखी क्याम्पसका छात्रा सदिक्षा
सापकोटाले सान्त्वना स्थान हासिल गरेका थिए ।

बिजेता छात्राहरूले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १, १ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए । छात्राहरुले बर्तमान अवस्थामा विभिन्न क्षेत्रमा अवसर बढ्दै गएको भएतापनि धेरै टि अबसर संगै चुनौतीहरुको सामना गर्नपरेको बताउँदै महिलाहरुको विकासमा सबै मिलेर लाग्नुपर्ने क्याम्पस प्रमूख सुरेस कुमार मानन्धर बताउनु भएको थियो भने  ने.रे.सो कास्की सदस्य सुर्यप्रसाद तिमिल्सिना , वडा नं. २, ३ का सभापनि विन्दु  शर्मा पराजुली लगायतले शुभकामना व्यक्त भएको थियो । प्राध्यापक संघका सभापति एवं शिक्षक नायक दिननाथ अधिकारी ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो  ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज