Top Header Ad 1

पोखरा इन्जिनियरिङ कलेज लामाचौर को कर्मचारी सघको इकाइ कमिटी गठन अध्यक्ष निर्बिरोध :दिल थापा

पोखरा इन्जिनियरिङ कलेज लामाचौर को कर्मचारी सघको इकाइ कमिटी गठन अध्यक्ष निर्बिरोध :दिल थापा

परिबर्तन न्युज
३ आश्विन २०७९ बजे
परिबर्तन न्युज
३ आश्विन २०७९

असोज ०३,पोखरा,

पोखरा महानगरपालिका वार्ड न. १६ मा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौर पोखराको कर्मचारी एकाई समितिको बाह्रौँ निर्वाचनबाट निर्विरोध सभापति पदमा दिल बहादुर थापा निर्वाचित हुनुभएको छ।

Advertisement:Ad

नव आदर्श सामुदायिक बिकास समाज लामाचौर का पुर्व अध्यक्ष एवं वर्तमान अर्थ व्यवस्थापन उपसमितिका संयोजक, श्री इन्द्र राज्यलक्ष्मी मा.वि.का शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा विशेषगरी युवाहरूको मनमुटुमा बसेर विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आउनु भएका दिल बहादुर थापा त्रि.वि. कर्मचारी संघ ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरा को एकाइ समितिको १२ औं निर्वाचन बाट निर्विरोध सभापति पदमा निर्वाचित हुनुभएको हो।

लाइन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्टिक ३२५ आइ रिजन दुइका रिजन चियर पर्सन समेत रहेका दिल थापा अति मिलनसार भएको कारण ले गर्दा नै निर्बिरोध चयन हुनुभएको जानकारी हामिलाइ सम्बद्द ब्यक्तिहरुले  परिवर्तन न्युज डट कम लाई बताउनुभएको हो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज