Worldlink Communications

निर्माणाधिन पोखरा बिमानस्थलको जिल्ला समन्वय समिती कास्किको अनुगमन 

असोज ३१,पोखरा

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरि सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

यहि पुस महिनामा सञ्चालनमा ल्याउने घोषणा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार प्रमुख पौडेल सहितको सहितको टोलीले अवलोकन पश्चात राष्ट्रिय गौरबको योजना अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्या समाधानका लागि छिटो पहल गरेर अघि बढ्नु पर्ने बताउनुभएको हो । उहाँले एयरपोर्ट जति छिटो सञ्चालनमा ल्याउन सक्यो उतिनै यसको प्रतिफल देश र पोखराले लिन सक्ने भन्दै यसमा सबैैैको साथको आवश्यकता रहेको  बताउनु भयो ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९८.५ प्रतिशतका काम सकिएको जानकारी दिनुभयो । उहाँले अझै विमानस्थल सञ्चालनका लागि रिठेपानी डाँडा कटान र एयरपोर्ट देखि दुईकिलोमिटरमा रहेको ल्यान्डफिल साइट, आयल निगम डिपो लगायतका केही समस्या समाधानको प्रक्रियामा रहेकाले यस विषयमा सम्बन्धित निकायबाट छिटो पहल भएमा आउँदो पुस १७ गते उडान  हुन सक्ने ।

डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा त्यो समस्या पनि छिट्टै समाधान हुने र महानगरले पनि जग्गाको टुंगो लागेको र छिटै समाधान हुने आश्वासन आफूले पाएको मुनाकर्मीले बताउनुभयो । अनुगमनमा जि स स कास्कीका उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नबराज बराल सहित जि स स सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो।

एयरपोर्टको निर्माण कार्य सम्पन्न अगावै नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले २०७८ चैतमा प्रधानमन्त्री देउवाको उपस्थितीमा परराष्टमन्त्री नारायण खड्कालाई एयरपोर्टको चाबी हस्तातरण गर्नुभएको थियो । यो विमानस्थल चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । सन् २०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप गरेर बाँकी काम अगाडि बढाएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: