माओवादीलाई झड्का,अन्नपूर्ण गाउपालिका का सचिव सहित २४ जना एमालेमा प्रवेश

माओवादीलाई झड्का,अन्नपूर्ण गाउपालिका का सचिव सहित २४ जना एमालेमा प्रवेश

परिबर्तन न्युज
२९ कार्तिक २०७९ बजे
परिबर्तन न्युज
२९ कार्तिक २०७९

कार्तिक २९ पोखरा

निर्बाचन नजिकै आइरहदा कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा  कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका सचिव नविन गिरीसहित २४ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको उहाहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा का  उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गर्नु भयको छ ।

Advertisement:Ad
Advertisement:Ad

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवीन गिरीले आफु एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताउने नबिन आगामी दिनमा  देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयको थियो । नबिन ले मंसिर ४ गते हुने निर्वाचनमा सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउन हर तरहले लागि पर्ने बताउनुभयो ।

पार्टीमा स्वागत गर्दै प्रतिनिधि सभाका उम्मेदवार वैरागीले उत्कृष्ट योजना सहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको बताउनु भयको थियो भने  प्रदेश सभाका उम्मेदवार पहारीले निरन्तर जनताको सेवामा लाग्नु भयका  विभिन्न दलमा आवद्ध अन्य नेता कार्यकर्ता हरुपनि  एमालेमा समाहित हुन ढिला गर्न नहुने  बताउनु भयको थियो । सो कुरा हामीलाई प्रतिनिधि सभाका उम्मेदवार वैरागीले जानकारी दिनुभयको हो ।
-प्रकाश अधिकारी

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज