Worldlink Communications

आत्महत्या रोकथामका लागि दुइ दिने ‘गेट किप्पर तालिम’पोखरामा

मंसिर १२,पोखरा
आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथाम सम्वन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा कार्यालय ५ र शहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा सो तालिम  सम्पन्न भएको हो  । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधिलगाएत ४५ जनाले  तालिम लिएको  कोशिश सस्थाका संयोजक सुदिप घिमिरे बताउनु भयो ।
मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा बिसयमा केन्द्रीत रहेर  सो  तालिमका  मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण गराउनु भयको थियो भने कार्यक्रम संयोजक कोशिशका सुदिप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नविना आचार्यले सहजीकरण गर्नुभयको सो कार्यक्रम औपचारिक रुपमा  पोखरा महानगर  वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालको प्रमुख आतिथ्यता र वडा ५ कै जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीको  अध्यक्षतामा भयको थियो  ।
तालिममा मनोस्वास्थ्य राम्रो भर  सबै राम्रो हुदै जानेहुँदा मन स्वस्थ राख्नुपर्नेमा जोड दिइएको थियो । मनलाई स्वस्थ राख्न सके आत्महत्यालाई न्युनीकरण गर्न सकिने तालिममा सिकाइएको थियो । तालिमपश्चात आत्महत्या न्यूनीकरणमा आफूले भुमिका खेल्ने प्रशिक्षार्थीले प्रतिवद्धता व्यक्त गर्नुभयको थियो ।
-प्रकाश अधिकारी
प्रतिक्रिया दिनुहोस्: