Worldlink Communications

राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ पोखरामा-तयारी पुरा

मंसिर १४, पोखरा

मंसिर १६ गते देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ हुने भएको छ ।पोखरा उद्योग वाणिज्य सङ्घ पोखराले आज पत्रकार भेट कार्यक्रम राखेर सो विषय जानकारी गराएको  हो।

पोखराको नयाँ बजार स्थित प्रदर्सनी   केन्द्रमा हुनलागेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजक्त्वमा हुन गैरहेको सो व्यपार मेलाको सबैजसो तयारी  भैसकेको बताइएको थियो ।मंसिर १६ देखि २५गते सम्म  हुने व्यपार मेला लाइ  गण्डकी प्रदेसका कानुनन्याय ,संचारतथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले यहि मसिर १६ गते शुक्रबार १२;३० मा  उद्घाटन गर्नुहुने बताइएको छ।स्मरण रहोस  मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुनुहुन्छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार पोखरामा भयका औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्दन गर्दै  बजारीकरणमा  सघाउ पुर्याउने उद्धेश्यले यो  मेलाको आयोजना गरिएको छ भने  लगानीको सहि उपयोग र सुरक्षा गर्दै उद्योग ब्यवसायको प्रबर्दन गर्ने भन्ने मूल नारा यो मेलाको रहेको हुनाले यस व्यापार मेलाले  गण्डकी प्रदेशको औद्योगिक व्यापार व्यवसाइ हरुको  बिस्तारको संभावनाको खोजीेगर्दै  प्रदेशको पर्यटकीय सम्भावना लाई समेत उजागर गर्ने उदेश्यले आयोजना गरिएको बताउनु भयो  ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार,पोखरामहानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रबर्दन,पोखराको
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि, इ–सेवा गरिमा विकास बैंक लिमिटेड,बाल्ट्रा होम एल्इन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह प्रायोजन रहेको जानकारी दिनुभएको थियो  ।

राष्ट्रिय औद्योगिक व्यापार मेलालाई वाइवाई चाउचाउ,राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल,प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार,गृहलक्ष्मी ग्यास कम्पनी,नेपालटेलिकम, कोसेली तेल,युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (यु आर एल),हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ,सफल दूध,उपकार ब्राण्ड,अर्ना बियरको प्रायोजन रहेको छ र यस्तै गरि बिभिन्न शिर्सक विभिन्न  पार्टीहरुले  आयोजक र सहआयोजक रहेको जानकारी गराउनु भयको थियो ।

करिब २५० स्टल रहेको  राष्ट्रिय औद्योगिक व्यापार मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेलाक स्टलहरुमा  हस्तकला
मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुकोगतिविधि हरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा,श्रृंगारका सामानहरुको बिक्री वितरण , सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम ,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम ,रत्यौली गीत प्रतियोगिता ,डान्स प्रतियोगिता लगाएत धेरैभान्दधेरै कार्यक्रम समावेश गरिएको बताउनु भएको थियो  ।

महासचिव बलराम आचार्यका अनुसार औद्योगिक व्यापार मेलामा  प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको र सो टिकट को अर्धकट्टी मा भएको नम्बर को आधारमा पुरस्कार पाउन सकिने हुनाले अर्धकट्टी नहराउन अनुरोध गर्नुभयको थियो । व्यापार मेलाको समुद्घाटन अगाडि उद्योग वाणिज्य संघको सचिवालयबाट मेला प्रदर्शनी स्थलसम्म प्रभातफेरीको आयोजना पनि गरिने र त्यस कार्यक्रम मा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध  गरीएको थियो   ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: