Worldlink Communications

लेखनाथ उद्योग वाणिज्य संघ द्वारा १८औं लेखनाथ महोत्सव-२०७९ आयोजना

मंसिर १७, पोखरा

लेखनाथ उद्योग वणिज्य संघ द्वारा “महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादनको विकास र समृद्धि” भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य सङ्घले लेखनाथ महोत्सव यही पौष ७ गतेदेखि पौष १८ गते सम्म पोखरा महानगरपालिका वडा नं.२७ तालचोक डाँडाकोनाकमा आयोजना गर्न लागिएको आज पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराएको थियो।

सगरमाथा इन्स्योरेन्स कम्पनी लि को मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजक हुन लागेको यस महोत्सवको मुख्य उद्देश्य थला परेको देशको अर्थ तन्त्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन तथा हस्तकला समानहरूको बजार प्रवर्द्धन गर्न, स्थानीय उत्पादन लघु उत्पादन उद्योगहरुको प्रवर्द्धन गर्न र आवश्यक ज्ञान सीप उद्यमशिलता र प्रविधि हस्तान्तरण गरि राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा आन्तरिक एवं बाह्य पर्यटकहरुको आकर्षण गरी आन्तरिक पर्यटन लाई सहयोग पुर्याउनु रहेको छ।

लेखनाथ महोत्सव २०७९ मा विशेषगरी साहित्यिक कार्यक्रम ,महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय शैक्षिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम , सूचना प्रविधि  कार्यक्रम,हस्तकला प्रदर्शनी कार्यक्रम, बिभिन्न जातिहरूको सम्मानमा लोप नलागेका रीतिरिवाज तथा संस्कृति झल्किने उत्कृष्ट नृत्य झाँकी तथा भेषभूषा प्रदर्शनी, ख्यातिप्राप्त व्यङ्ग्य कलाकारहरूको बेजोड प्रस्तुति,राष्ट्रिय लोक दोहोरी कार्यक्रम लगायत युवाहरूको इच्छालाइ लक्षित गर्दै म्युजिक कन्सर्ट जस्ता कार्यक्रम ले  मेलालाइ भव्य र सभ्य बनाउने बताइएको छ।

यस महोत्सवमा ३३७ वटा स्टल रहनेछन् २ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्नेछन् दस करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको सो महोत्सवमा करिब 95 लाख आम्दानी हुने बताइएको छ।

महोत्सव बाट बचत भएको रकम प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरउन्नती औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल विकास यस क्षेत्र वरपर रहेका तालहरु को प्रवर्द्धन गर्नको निमित्त विभिन्न  शिर्षकमा खर्च गर्न सकिने कार्यक्रम आयोजक हरुले बताउनुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: