Worldlink Communications

वडा नं.५ मा क्यान्सर सम्वन्धि निशुल्क शिविर: ३०० भन्दा बढि महिला लाभान्बित

मंसिर २८पोखरा

पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर छनोट सम्वन्धि निशुल्क शिविरबाट ३ सय भन्दा बढी महिलाहरु लाभाम्वित हुनुभएको छ ।

वडा कार्यालयको खर्चमा आज बुधबार भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो । हरेक महिला हरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत गरि एउटा जिम्मेवार अभिभावक बन्न खोजेको  वडाध्यक्ष बिष्णु प्रसाद बरालले बताउनुभयो ।

‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग को बाटो नै बन्द गराउने हाम्रो प्रमुख उद्देश्य हो भन्नुभयो भने वडावासिको स्वास्थ्यको बारेमा चासो राख्दै सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने बताउनु भयको थियो ।

स्थानीय तह मार्फत यसकिसिमको कार्यक्रम पोखरा महानगरमै पहिलो पटक गरिएको र वडा ५ बाटै शुरु गरिएको वडाध्यक्ष बरालले बताउनुभयो। यो सिबिर वडाकै बजेटबाट सञ्चालन गरिएको हो। स्वास्थ्य चेकजाँच गर्दा ३ जना महिला को भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी ले जानकारी दिनुभयो ।

वडावासीको हितमा हुने यस किसिमका कार्यक्रलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले बताउनुभयो । स्वस्थ् वडाको रुपमा विकास गर्न वडा कार्यालय सदैव अगाडी बढिरहने  संयोजक क्षेत्रीले बताउनुभयको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: