Worldlink Communications

१८ औ लेखनाथ महोत्सवको तयारी तिव्रगतिमा

पुुस १, लेखनाथ

कास्की को लेखनाथ महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको १८ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र रुपमा अगाडी वढेको छ ।

यसैविच पुसको ७ गते देखि १८ गतेसम्म चल्ने महोत्सवलाई सफल पार्नका लागि गठित विभिन्न उप समिति एवं कार्यसम्पादन समितिको शुक्रवार भएको बैठकले आ आफनो समितिबाट गरिएका प्रगति विवरण र तयारीका वारेमा जानकारी गराईएको थियो ।

महोत्सव आउन अव केही दिन मात्र बाकी रहेकाले अवको तयारीलाई कसरी अगाडी वढाउने सवालमा सुझावहरु संकलन गरि अन्तिम तयारीमा जुट्नका लागि महोत्सका संयोजक छत्रधर आत्रयले सवैलाई अनुरोध गर्नु भएको थियो ।

आयोजकमा लेखनाथ उद्योग बाणिज्य संघ भएपनि यो महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोग अपरिहार्य रहेकाले विगतमा का अनुभव र देखिएका कमि कमजोरीलाई हटाउदै महोत्सवलाई सफल पार्न सवैले आ आफुले पाएको जिम्मेवारीलाई पुरा गर्नु पर्ने बैठकले सर्वसम्मत निर्णय गरेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रयको अध्यक्षता मा भएको कार्यक्रममा पुर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरी भण्डारी र निवर्तमान अध्यक्ष बलराम ढकाल लगाएतले महोत्सवलाई व्यवस्थित बनाउनका लागि विगतका कमि कमजोरीलाई सुस्मरुपमा नियाली नयाँ नयाँ गतिविधि तथा प्रविधिको प्रदर्शनीलाई अगाडि बढाउदै सकरात्मक सोचका साथ अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: