Worldlink Communications

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रमुख उपप्रमुखलाइ प्रशिक्षण कार्यक्रम गर्यो

पौष ५,पोखरा

आज गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” भन्ने नाराका साथ गुणस्तरीय प्रशिक्षण समस्या केन्द्रित अध्ययन तथा अनुसन्धान र विभिन्न सवालहरुमा केन्द्रित रहेर संवाद सहित गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कास्की जिल्ला समन्वय को कार्यालयमा भएको सो कार्यक्रमको अध्यक्षता एवम् प्रमुख अथितिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो भने मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमया भट्टराई पङ्गेनीले आफ्नो भनाई राख्नुभएको थियो।

विशेष गरेर स्थानीय तहको संस्थागत क्षमता तथा स्वमूल्यांकन तथा वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यान्वयनको पुनर्ताजगी तालिम विगत वर्षहरु मा जस्तै अहिले पनि कास्की जिल्लाको महानगर सहित चारओटै गाउँपालिकाका प्रमुख उपप्रमुख र  कार्यालय प्रमुखहरुको सहभागी हुनुहुन्थ्यो।

प्रशिक्षण जिल्ला समन्वय अधिकारी नवराज बराल र शाखा अधिकृत झबिश्वर रेग्मीले दिनुभएको थियो। यस कार्यक्रममा विशेष गरेर स्थानीय प्रशासनले दिने सेवाको बारेमा अभिलेख कसरी राख्ने जनतालाई सुशासन कसरी दिन सकिन्छ भन्ने विषय नै महत्वपूर्ण रुपमा प्रशिक्षण गरिएको थियो। समग्रमा १०० वटा सूचक मानेर कुनै कार्यक्रम गर्नुभन्दा अगाडि नै सबैलाई सूचना दिने देखि लिएर सबै विषय पारदर्शी बनाई काम गरियो भने जनतालाई सुशासन र उहाँहरूको अधिकार सुनिश्चित हुन्छ तर  यसरी गरिएका कामहरुलाइ  वैधानिकता नदीइकिन अवैधानिक किसिमले निर्णय नगरी किन हचुवाका भरमा गरिएका गैरजिम्मेवारी कामले बाधाअडचन अफ्ट्यारो आउने भएको हुनाले कानुनी प्रक्रिया पूरा गरेर बैठक बसेर निर्णय गरेर गरिएका कामहरुको ले महत्वपूर्ण भूमिका खेल्ने हुनाले कानुन निर्माण गरेर जनताको काम गर्नुपर्छ भन्ने विषयमा प्रशिक्षण गरिएको थियो।

कार्यक्रम को प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले हामीले जनताको सबै काम गरेका छौं तर यसलाई प्रशिक्षण दिए जस्तै व्यवस्थित गरेर राख्न नसकेको बताउनुभयो यसलाई अब आगामी दिनमा कानुनी प्रक्रिया सहित अभिलेख राख्दै काम गर्दा कानुनी झन्झट र असहजता नआउने बताउनुभयको थियो । त्यस्तैगरि मन्त्रिपरिषद् कार्यालयका सचिव मनमया पंगेनी भट्टराईले पनि आफ्नो मन्तब्य राख्दै स्थानीय तह र प्रदेश सरकारलाई जोड्ने एउटा मात्र असल माध्यम सुशासन हो त्यो  सुशासन जनतालाई प्रदान गरेर एकापसमा सम्बन्ध जोडौ र अगाडी बढौ  भन्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: