Worldlink Communications

तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता -२०७९ पोखरामा

पौष १८, पोखरा

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना नेपाल भलिवल सङ्घको स्वीकृत, सुश्री मिडिया प्रालि काठमाडौंको विशेष समन्वय राष्ट्रिय खेलकुद परिषद युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश प्रदेश खेलकुद परिषद गण्डकी पोखरामा नगरपालिका को सहयोगमा आयोजना हुनगइरहेको तेस्रो टाइगर कप तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता-२०७९ माघको८ गते देखि माघ महिनाको १४ गते सम्म हुने खेलको तयारी पोखरामा सुरु भएको जानकारी गराइएको छ।

पुरुषतर्फ ५ टिम र महिला तर्फ ५ टिम गरि कुल १० टिमको सहभागिता रहने बताइएको छ। महिला तर्फ भागलिने टिमहरुमा केरला स्टेट इलेक्ट्रोनिक्स बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरीको नेपाली पुलिस क्लब, प्रहरी बलको एपीएफ क्लब र होवा्गवान्जि न्यु डायमन्ड स्पोर्टस क्लबको सहभागिता हुनेछ भने पुरुष तर्फ एसटि जोसेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब,सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता हुने बताइएको छ।

महिला पुरुष तर्फ उपाधि विजेता टिमलाई रु पाँच पाँच लाख रुपैंया नगद उपविजेता टिमलाई समान नगद रु दुई लाख पचास हजार तेस्रो हुने टिमलाई नगद रु एक लाख  पच्चिस हजार  र सान्तोना हुने टिमलाई पैंसठ्ठी हजार प्रदान गर्ने बताइएको सो खेलमा सर्वोत्कृष्ट महिला पुरुष दुवै तर्फ उत्कृष्ट १/१  खेलाडीलाई सम्मान स्वरुप नगद रु पच्चीस/पच्चीस हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरूको प्रशिक्षकहरुलाई नगद सम्मान स्वरुप दस/दस हजार र ट्रफि सहित सम्मान गर्ने बताइएको छ ।

प्रतियोगिता आयोजना गर्दा करिब ८० लाख रुपैया खर्च लाग्ने अनुमान गरेको र प्रतियोगितालाई थप आकर्षण बनाउन र सहजता पुर्बक खेल हेरने अबसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको अस्थायी प्यारापिट निर्माण गरिने ज्येष्ठ नागरिकहरुलाई निशुल्क खेल हेर्न व्यवस्था गरिने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल र प्रतियोगिताको रिपोटिङ गर्ने पत्रकारका लागि विशेष सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाइको सो प्रतियोगिता स्थलमा एलइडि स्किन, डिजिटल स्कोरबोर्डको पनि व्यवस्था गरेर प्रतियोगितालाई प्रविधिमैत्री बनाई अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेका बताएका छ।

बिगतमा यस संस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने गरेको यस पटक भने कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने गरी सम्झौता भैसकेको जानकारी दिइएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: