Worldlink Communications

पोखराका तिन वडा र अन्नपूर्ण गाउँपालिकालाइ समेटिनेगरी अस्पताल बनाउनु पर्ने :मित्रमणी तिमिल्सीना 

पौष २१, पोखरा

जनतासँग संसद कार्यक्रमको मोडालिटी अनुसार बिहिबार पोखरा १८ का ४ वटा वुथमा दामोदर वैरागी पौडेल र गणेश मान गुरुङ ले जनताका लाइ भेटघाट गर्नु भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सीनाले पोखरा पस्चिमका तीन वटा वडा १८,२३,र २४ र अन्नपूर्ण गाउँ पालिका समेटने गरि डाक्टर सहितको अस्पताल बनाउनु पर्ने बताउनु भयो । साधारण उपचारका लागि सहरका अस्पताल जानु पर्ने बाध्यता रहेको हुदा संसद समक्ष यो माग डटेर  राख्नु पर्ने बताउनु भएको थियो ।

नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा तल्लो क्षेत्रका चङ्खपुर , भकुण्डे , खपौदी र सेदीमा रहेका समस्या र गर्नुपर्ने विकास निर्माण बारेमा जानकारी गरउदै पूर्व वडाध्यक्ष रणबहादुर थापाले स्वास्थ चैकी र खानेपानीको समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

एमाले महानगर कमिटी सदस्य लक्ष्मण तिमिल्सीनाले पोखरा र समग्र गण्डकी प्रदेशकै गर्वका रुपमा अगाडी बढेको आइटी पार्कलाई समयमा नै निर्माण सम्पन्न गर्न आवश्यक पहल गरिदिन अपिल गर्नु भयोको थियो । अर्का महानगर कमिटी सदस्य भिम नेपालीले कटुस र चिलाउनेको जङ्गलबाट देश र जनताले केहि आर्थिक लाभ पाउन नसकेको हुदा व्यवसायीक फलफफूल र डाले घाँसका रूख विरूवा रोप्न र पूराना प्रयोग विहिन रूखहरूलाई आवश्यक काट्छाट गर्न ऐन कानुनको व्यवस्था गरिदिन आग्रह गर्नु भयको थियो ।

शान्ति माध्यमिक विद्यालय का संस्थापक प्रअ गोर्कण शर्मा तिमिल्सीनाले आफ्नो विद्यालयलाई माध्यमिक शिक्षक दरबन्दी र यातायात व्यवस्थापन सँगै प्राविधिक शिक्षाका विषय थप गरिदिन माग गर्नु भयको थियो । वडा नं १८ को तल्लो वेल्टमा सुदद खानेपानी र वाडी पहिरोको समस्या रहेका हुनाले दुबै तहका सरकारबाट सहयोगको अपेक्षा राखेको स्थानीय जनताहरुले बताउनुभएको थियो।

निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पोखरा को वडा नं. १८ प्रदेश तर्फ ३(१) पर्छ।  प्रतिनिधि सभा सदस्यमा दामोदर वैरागी पौडेल र प्रदेश सभा सदस्यमा गणेश मान  निर्वाचित हुनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्: