Worldlink Communications

अब सहकारीहरु गरिबी न्यूनीकरणमा लाग्नु पर्छ – जि. स .स .कास्की प्रमुख पौडेल 

पौष २९ ,पोखरा

पोखरा महानगरपालिका सहकारी संघ लिमिटेड को प्रथम साधारण सभा को जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष बलराम गौतमले गर्नु भयको थियो भने स्वागत मन्तब्य सस्थाका बरिस्ठ उपाध्यक्ष लीलाधर बरालले गर्नुभएको कार्यक्रम संचालन सस्था का महासचिब गणेश श्रेष्ठ ले गर्नु भएको थियो।

सहकारीहरूलाइ गरिबी न्यूनीकरण गर्ने सीप बिकासका कार्यक्रम लागू गर्न आग्रह गर्नुभएको छ। पौडेलले सहकारीहरु बिपन्न जनताको जिबनस्तर उकास्न लाग्नु पर्ने भन्दै सहकारीको मुल सिद्धान्त सहकार्य हुनु पर्नेमा जोड दिनुभयो उहाले सो कुरा पोखरा महानगरपालिका सहकारी संघ लिमिटेडको प्रथम साधारण सभाको उद्घाटन गर्दै  बताउनु भएको हो । धेरै जसो सहकारी ले अनुत्पादक क्षेत्रमा लगानी गरेको जनगुनासो बढेको भन्दै अब सहकारीको मूल अबधारणा जनताको आर्थिक अबस्था उच्च बनाउदै समृद्धिको अभियानमा सारथि बन्नुपर्ने बताउनु भएको  थियो।

कार्यक्रममा पोखरामहानगर सहकारी समितिका निबर्तमान संयोजक तेज नारायण अधिकारीले राष्ट्रको आर्थिक सबलिकरणमा महत्त्वपूर्ण भुमिका खेलेका सहकारीहरूलाइ थप सबल बनाउनुको विकल्प नभएको भन्दै आगामी दिनमा जनजिबिका र आर्थिक स्तर उकास्ने कार्यक्रम बनाउन सहकारीहरूलाइ आग्रह गर्नुभएको थियो।

पोखरामहानगर सहकारी समितिका बिज्ञ सदस्य नारायण प्रसाद आचार्य ,उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद बराल, कोअपरेटिप्स प्रेसिडेन्ट सोसाइटीका संस्थापक अध्यक्ष डिल्लीराम बराल, लगाएतले सहकारीका उपलब्धि र भाबी दायित्वको बारेमा बोल्नु भएको थियो ।

साधारण सभाले अध्यक्ष बलराम गौतमले पेशगरेको प्रगति प्रतिबेदन ,कोषाध्यक्ष पबित्रा के सि  पेश गरेको प्रतिबेदन र लक्ष्मी प्रसाद त्रिपाठिले प्रस्तुत गरेको लेखा तथा सुपरिवेक्षण प्रतिबेदन पारित गरेको थियो भने  सभाले रिक्त कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य सीता सुबेदी तथा सदस्यमा रमा त्रिपाठी र सुष्मा बराल पहारिलाइ मनोनित गरेको सचिब उमराज बास्तोलाले जानकारी दिनुुुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: