Worldlink Communications

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न

माघ १४, पोखरा

नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न अध्यक्ष सर्वसम्मत रुपमा चिरञ्जीवी पोख्रेल हुनुभएको छ।

केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रम नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन का केन्द्रिय सचिव जीवन राज सापकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रमको प्रमुख अथिति गण्डकी प्रदेश का मुख्यमंत्री खगराज अधिकारी हुनुहुन्थ्यो ।

कार्यक्रममा संघीय सांसद दामोदर बैरागीले विशेष अतिथिको रुपमा  पर्यटन व्यवसायी संगठन मा आबद्ध सबैलाई कार्यक्रमको शुभकामना सहित अधिवेशनबाट राम्रो नेतृत्व पाउने विश्वास व्यक्तगर्दै अब बन्ने समितिलाई सफलताको शुभकामना दिनुभएको थियो भने नेकपा एमालेलाई जसले राम्रो बुझ्यो त्यसले राम्रै बुझ्यो जसले नराम्रो बुझ्यो त्यसले पनि बुझ्यो र जसले अझै बुझ्न बाँकी छ त्यसले पनि राम्रोसँग बुझ्ने छ र सबै एकदिन एमालेमै गोलबन्द हुनुहुनेछ भन्नुभयो ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएका प्रमुख अथिति मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख अथितिको आसनबाट म गण्डकी प्रदेशको मुख्यमंत्री भैरहदा म भएको होइन हरेक नेपाली दाजुभाई तपाईं मुख्य मन्त्री हुनुभएको हो म एउटा प्रतिनिधि पात्र मात्र हो तपाईंहरु सबै मुख्यमन्त्री हो भन्नुभयो। मुख्यमंत्री भैरहदा पनि कुनै किसिमका यस्ता ठूला अधिकारहरु मुख्यमन्त्री लाइ नभएको बताउनुभएका अधिकारिले कानुन को प्रयोग गर्नसक्ने सम्पूर्ण अधिकारहरु अधिकतम प्रयोग गर्दै राज्यको सम्पति सहि सदुपयोग गर्दै प्रदेश विकासमा लागि रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। जसको ज्वलन्त उदाहरण हामीले १२ वटा मन्त्रालयबाट ७ वटा मन्त्रालयमा झारेका छौं जसले वार्षिकरुपमा अरबौ रुपैयाँ जोगाउने छ भन्नुभयो।

नेकपा एमाले को भातृ संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशको तेस्रो अधिवेशन लाई सम्बोधन गर्नेक्रममा आजका मितिसम्म आफूले यस संगठनको बारेमा केहीपनि नबुझेको बताउनुभयको थियो। बिषयगत रुपमा अभिव्यक्ति दिँदै गर्दा ढिलै भएपनि प्रमुख अतिथि को रुपमा बोलाइदिनु भएको मा आयोजकलाई बधाई दिनुभयको थियो। आजको अधिबेशन बाट बन्ने नया समिति चुस्त राम्रो बन्नुपर्छ भन्नुभयो। अब बन्ने समिति ले देसमा उदाहरणीय काम गरी  देश र जनताको पक्षमा लाग्दै रोजगारमूलक उत्पादनमूलक सीपमूलक कार्यमा जोड दिँदै कार्यकर्ताहरु लाइ उद्योगी व्यवसायी  बनाउदै लाग्नुपर्छ भन्ने प्रेरणा मिलोस भन्दै शुभकामना दिनुभएको थियो।

खुल्ला सत्र सकेपछि खाना खाएर बन्द सेसनमा प्रवेश गरेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका गण्डकी प्रदेशको तेस्रो अधिवेशनबाट सर्वसम्मतरुपमा अध्यक्ष मा चिरञ्जीवी पोखरेलका चयन गरिएको छ भनी उपाध्यक्ष तिनजना बनाइएको छ जसमा बसन्तराज दवाडी, रामचन्द्र शर्मा,जमुना पराजुली हुनुहुन्छ। सचिवमा मिलन तिवारी हुन्छ भनी विश्वराज पोखरेल सहसचिव प्रशान्त आचार्य सहसचिव त्यस्तैगरी कोषाध्यक्ष मा सुशीला सिग्देल सह-कोषाध्यक्ष मा फरेन्द्र बहादुर थापामगर हुनुहुन्छ। त्यसैगरी सदस्यहरुमा शान्ति गुरुङ, फूलमती थापा, रन्देवी गुरुङ, सेवान रिङजिङ गुरुङ, सुसिला भण्डारी, विश्वराजअधिकारी, लछिमि लामिछाने,प्रमिला गौतम, माया सुवेदी, पार्वता पाण्डे र यम बहादुर गुरुङ सहि २१ सदस्यीय कार्यसमिति गठन भएको छ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: